Comments Add Comment

आउँदैछ ग्यालेक्सी एस सेभेन, हुनेछन् यी फिचर्स

Galaxy-7
ग्यालेक्सी सिरिजका स्मार्टफोन निर्माता कम्पनी सामसुङले आगामी फेब्रुअरीमा आफ्नो नयाँ संस्करणको स्मार्टफोन, ग्यालेक्सी एस सेभेन बजारमा ल्याउने तयारी गरिरहेको छ । फेब्रुअरी २१ मा ग्यालेक्सी एस सेभेन बजारमा आउने हल्ला सुरु भैसकेको छ ।

अहिलेसम्मको प्रचलन हेर्दा सामसुङले मार्च महिनामा हुने मोबाइल वल्र्ड कंग्रेसको आसपासमा आफ्ना नयाँ स्मार्टफोन लन्च गर्ने गरेको छ । तर ग्यालेक्सी एस सेभेन भने त्यसअघि नै सार्वजनिक हुनसक्ने बताइएको छ । हुनत यसअघि एस सेभेन आगामी जनवरीमै बजारमा आउने चर्चा पनि चलेको थियो ।

एक रिपोर्टलाई आधार मान्ने हो भने ग्यालेक्सी एस सेभेन निकै हाइटेक मोबाइल हुनेछ । यसमा एलटीइ मोडेम चिप रहनेछ । यसका साथै ग्यालेक्सी एस सेभेन दुइ भर्सनमा लन्च गरिनेछ । जसमध्ये पहिलो भर्सनमा Snapdragon 820 र दोश्रो भर्सनमा Exynos 8890 चिपसेट हुनेछ ।

समाचार अनुसार ग्यालेक्सी एस सेभेन विश्वको पहिलो यस्तो स्मार्टफोन हुनेछ जसमा Cat. 12 LTE Chip हुनेछ । जसका कारण स्मार्टफोन प्रयोगकर्ताले ६०० एमबीपीएस डाउनलिंक स्पीड तथा १०० एमबीपीएस अपलिंक स्पीड प्राप्त गर्न सक्नेछन् ।

ग्यालेक्सी एस सेभेनमा पछिल्लो एन्ड्रोइड अपरेटिंग सिस्टम मार्समेलो रहनेछ ।

एस सेभेनमा ५.७ इन्चको क्यू एच डी डिस्प्ले हुनेछ । जुन एच डी भन्दा ४ गुणा गुणस्तरीय हुनेछ । यसको पिक्सेल रिजोलुसन २५६० गुणा १४४० हुनेछ ।

यसका साथै ग्यालेक्सी एस सेभेनमा टाइप सी युएसबी पोर्ट हुनेछ । यसमा ४ गिगाबाइटको र्याम तथा ६४ जिबीको इन्टर्नल मेमोरी रहनेछ ।
अर्को रोचक कुरा के भने एस सेभेनमा सामसुङले मेमोरी कार्ड स्लटको पुनरागमन गराउनेछ ।

ग्यालेक्सी एस सेभेनमा २० मेगापिक्सेलको मुख्य क्यामराका साथै डुअल सेनसर सेटअपका साथमा ८ तथा ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा हुनेछ ।

कनेक्टिभिटीको कुरा गर्ने हो भने एस सेभेनमा फोर जी एलटीइ, वाइफाइ ८२०, ब्लुटुथ ४.१ हुने बताइएको छ ।

अझ खुसीलाग्दो कुरा त के भने ग्यालेक्सी एस सेभेनको मूल्य एस सिक्सको भन्दा कम रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment