Comments Add Comment

दिल्लीबाट आएका अशोक मेहताले भने- नाकाबन्दी तोडेर म आएँ

Ashok mehata

१६ मंसिर, काठमाडौं । सोमबार काठमाडौं आइपुगेका भारतीय पूर्वमेजर जनरल अशोक मेहता अनौपचारिक भेटघाटमा व्यस्त छन् । मेहताले आफू ‘आधा नेपाली’ भएको बताएका छन् ।

नेपाल मामिलाका जानकार भनेर चिनिने मेहता बुधबार नेपाल-भारत सम्बन्धबारे एउटा छलफलमा उपस्थित भए । तर, नेपाल मामिलाका जानकार भएकाले कार्यक्रममा धेरैको चासो नाकाबन्दीबारे मेहताको धारणा बुझ्नेतर्फ केन्द्रित भयो ।

मेहताले पनि यस विषयबाट आफूलाई अछुतो राख्न सकेनन् र आफ्नो सम्बोधनको सुरुवात उनले नै ‘नाकाबन्दी तोडेर म आएँ’ भन्दै गरे ।

पूर्वमेजर जनरल मेहताले जसले गरेको भए पनि नाकाबन्दी रहेको स्वीकार गरे । ‘यताबाट भए पनि उताबाट भए पनि नाकाबन्दी छ’ उनले भने- जे भइरहेको छ, यो गलत छ ।’ 

मेहताका अनुसार नेपालमा भएका सबै परिवर्तनहरुमा कुनै न कुनै रुपमा भारत संलग्न र सहयोगी छ ।  नेपालमा अहिलेसम्म भएका आन्दोलन र परिर्वतनको उत्कृर्षका रुपमा नयाँ संविधान घोषणा थियो ।’ मेहता भन्छन्- ‘नेपालले केही प्रतिवद्धता गरेको थियो, मधेसीको चासो र चिन्तालाई संविधानमार्फत सम्बोधन गर्ने कुरा गरिएको थियो ।’

‘नेपाल ल्याण्ड लक कन्ट्री हो तर, अब ‘भारत-लक कन्ट्री’ भन्न थालिएको छ ।’ कसरी अनलक गर्ने भन्ने प्रश्नमा मेहताले भने- ‘श्यामशरण (पूर्वराजदूत) ले भन्थे कि नेपाल ल्याण्डलक होइन, इण्डिया अनलक कन्ट्री हो । त्यसैले भावनात्मक कुरा नगर्नुस् ।’

पछिल्लो समय नेपालमा बढ्दो भारतविरोधी भावनालाई लक्षित गर्दै भारतीय सेनाका पूर्वमेजर जनरल मेहताले नेपालमा बढी भावनात्मक बहस भइरहेको बताए ।

काठमाडौंको मन्दिरमा आफ्नो विवाहको प्रशंग जोड्दै आफूलाई ‘आधा नेपाली’ भन्न रुचाउने मेहताले भने- ‘भारतलाई मात्र आरोप नलागाउनुस्, दुबै दोषी छन् । र, दुबै परिपक्व हुनुपर्छ ।’

यो नाकाबन्दीपछि भारतसँगको कनेक्टिभिटी चीनतर्फ केन्दि्रत भएको उनले स्वीकार गरे । ०४५ सालमा १३ महिना नाकाबन्दी हुँदा पनि त्यस्तो प्रयास भएको तर, रोडका कारण सम्भव नभएको भन्दै उनले यो पटक भने सम्भव रहेको बताए ।

भारतको सुरक्षा चासोमा कुनै परिवर्तन नभएको भन्दै मेहताले त्यसलाई १९५० को सन्धिका कारण खुला रहेको नेपाल भारत सीमा र चीनलाई जोडेर हेर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment