+
+
Shares

अमिताभको पोशाक देखेर लोभिइन् आलिया

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर १८ गते ९:००

maitabe-alia

मुम्बई । अभिनेत्री मात्रै हैन फेसन आइकन समेत बन्न चाहन्छिन् आलिया भट्ट । कुन सेलीब्रेटीले कस्ता पोशाक लगाउँछन्, तस्वीर हेरेर मात्रै चित्त बुझ्दैन उनलाई । कुनै पनि कार्यक्रममा उपस्थित भएको बेला को-कस्तो देखिएको छ । राम्ररी हेर्छिन् र आफैं मुल्याङ्कन गर्छिन् ।

अलियाको बुझाइमा बलिउडमा फेशनमा पर्फेक्ट कलाकार दुईजना मात्रै छन् अमिताभ बच्चन र कंगना रनौत । ‘मलाई अमिताभ बच्चन र कंगना रनौटको फेशन स्टाइल मन पर्छ । उहाँहरुको फेशनले जो सुकैलाई प्रभाव पार्छ ।’ एजेन्सीसंग कुरा गर्दै आलियाले भनिन् ।

७० वर्ष उमेर पार गर्दा पनि अमिताभको ब्यक्तित्व आकर्षक देखिनुको कारण डे्रसअप पनि हो जस्तो लाग्छ उनलाई ।

यी दुई कलाकारले जहिल्यै लेटेस्ट, शरिरलाई सुहाउने खालको डे्रसअप गर्ने गरेको उनले बुझेकी छिन् । त्यसो त दबंग गर्ल सोनाक्षी सिन्हावाट पनि उनी प्रभावित छिन् । सोनाक्षीमा उनले स्टाईलिस देखिने जन्मजात गुण भएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?