+
+

अख्तियारले एमालेलाई फसाउन खोज्यो: माधव नेपाल

२० मंसिर, चितवन । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा पत्र काटेर एमालेलाई फसाउन खोजेको आरोप लगाएका छन् ।

भ्रष्टाचारबारे छानविन गर्न अख्तियारले १२ जना पूर्वमन्त्रीसहित २९ जनालाई पत्र पठाएर सोधपुछका लागि उपस्थित हुन भनेपछि नेता नेपालको यस्तो प्रतिक्रिया आएको हो । पत्र काटिनेहरुमा एमालेका ६ नेता छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर २० गते १७:०४
फाइल तस्वीर
फाइल तस्वीर

२० मंसिर, चितवन । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा पत्र काटेर एमालेलाई फसाउन खोजेको आरोप लगाएका छन् ।

भ्रष्टाचारबारे छानविन गर्न अख्तियारले १२ जना पूर्वमन्त्रीसहित २९ जनालाई पत्र पठाएर सोधपुछका लागि उपस्थित हुन भनेपछि नेता नेपालको यस्तो प्रतिक्रिया आएको हो । पत्र काटिनेहरुमा एमालेका ६ नेता छन् ।

प्रेस चौतारी चितवनले आइतबार आयोजना गरेको पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्री नेपालले भने, ‘आफ्नो व्यापार व्यवसाय गरेर खाएका, लाभको पदमा नरहेका सुरेन्द्र पाण्डे, राजेन्द्र पाण्डेलगायत एमालेका नेताहरुलाई भ्रष्टाचार गरेको आरोपमा पत्र काट्नु नितान्त फसाउने नियत हो ।’

राष्ट्रिय राजनीतिको नेतृत्व एमालेले गरिरहेका बेला गलत नियतले अख्तियारको सूची सार्वजनिक भएको उनको दाबी थियो । ‘अख्तियारले एमालेलाई प्रहार गरेको छ, यसबाट राष्ट्रिय राजनीतिमा असर पुग्छ,’ नेता नेपालले भने, ‘अहिलेको परिस्थितिमा यस्तो गर्नु हुँदैनथ्यो ।’

यसबारे चितवनमा सोमबारदेखि सुरु हुने राष्ट्रिय भेलाले पार्टीको औपचारिक धारणा तय गर्ने नेता नेपालले जानकारी दिए । नेता नेपालले सीमांकनको विषयमा पनि सबै नेता-कार्यकर्ताहरुको सुझावअनुसार आवश्यक निर्णय गर्ने बताए ।

दिल्ली दौडनु गलत

सोमबारदेखि सौराहामा हुने तराई मधेसका जिल्लाहरुको भेलाका लागि चितवन आइपुगेका नेता नेपालले घरको समस्या घरभित्रै मिलाउनुपर्नेमा मधेसी मोर्चाका नेताहरु दिल्ली गएर गलत गरेको टिप्पणीसमेत गरे ।

बाह्रबुँदे समझदारी भारतकै पहलमा भएको भन्ने कुराको पनि उनले खण्डन गरे । ‘भारतले १२ बुँदे समझदारी गराइदिएको भन्ने कुरा गलत हो, त्यो हामी नेपालकै नेताहरुको पहलमा भएको हो,’ उनले भने, ‘सुरक्षाको कारण मात्रै भारतमा गएर हस्ताक्षर गरेका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?