+
+

अर्थ समितिमा चर्काचर्की भएको थियो, लोकमानले बदला दिन खोजेः पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर २० गते १८:३९

Surendra Pandey (1)

२० मंसिर, चितवन । नेकपा एमालेका नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले अख्तियार प्रमुख लोकमान सिंह कार्कीले पूर्वाग्रह राखेर आफूलाई पत्र काटेको दाबी गरेका छन् ।

एमालेको सोमबारदेखि चितवनमा हुने तराईका २२ जिल्लाका अगुवा कार्यकर्ताको भेलामा सहभागी हुन आएका पाण्डेले सञ्चारकर्मीहरुसँग कुरा गर्दै यसको पार्टीले संस्थागत रुपमै प्रतिवाद गर्ने बताए । अर्थ समितिको बैठकमा लोकमान सिंह कार्कीसँग गरेको चर्काचर्कीको बदला लिन आफूलाई पत्र काटेको उनले दाबी गरे । 

अख्तियार प्रमुख कार्कीले पदीय मर्यादा विपरित काम गरेको र आफु सहितका एमाले नेताहरुलाई फसाउन यो षड्यन्त्र गरेको उनको आरोप छ ।

पाण्डेले भने-एमालेले राष्ट्रिय राजनीतिमा प्रहार गर्न, कमजोर बनाउन छानीछानी एमाले नेताहरु माथि भष्ट्राचार गरेको जर्वजस्ती देखाउन खोजिएको छ, भष्ट्राचार प्रमाणित गर्न म चुनौती दिन चाहान्छु ।’

उनले अघि भने-‘मैले कुन-कुन पदीय जिम्मेवारीमा वसेर के-के काम गरेँ, सांसद भएर कति आर्जन गरेँ, मन्त्री भएर कति आर्जन गरेँ, त्यो सवै कुरा जनताका वीचमा राख्न सक्छु ।’

अख्तियारले क्षेत्राधिकार मिचेको पाण्डेको आरोप छ । ‘बिभिन्न पेशा व्यसायसञ्चालन गरेका सांसदहरुलाई पनि भष्टाचारको आरोप लगाउन खोजिएको छ’ पाण्डेले भने-ब्यवसाय गर्दा कर तिरेकी तिरेनन्, सरकारी नीति भन्दा बाहिर गएर काम गरेकी भनेर हेर्ने निकायहरु छन् । त्यो काम अख्तियार अख्तियारको होइन् ।’

पार्टी भित्रबाट फसाउन खोजिएको चर्चा छ नी भन्ने पत्रकारहरुको प्रश्नमा एमाले नेता पाण्डले आफूलाई त्यसमा बिश्वास नरहेको बताएका छन् ।

पाण्डेले अख्तियारको पछिल्ला कदमका बारेमा पार्टी भेलामा छलफल हुने र त्यसपछि काठमाडौं जाने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?