Comments Add Comment

ओस्कारले जमानत पाए, सजायबारे सुनुवाइ १८ अप्रिलमा

Oscar-Pistorius

२२ मंसिर, काठमाडौं । प्रेमिकाको हत्या आरोपमा दोषी ठहरिएका दक्षिण अफ्रिकाका ब्लेड धावक ओस्कार पिस्टोरियसले जमानत पाएका छन् ।

पिस्टोरियसलाई प्रेमिका रीवाको हत्या गरेकोमा अदालतले दोषी ठहर गरेको थियो । त्यसविरुद्ध संवैधानिक अदालतमा अपील गर्ने उनका वकिलले बताएका छन् ।

पिस्टोरियसको सजायबारे १८ अप्रिलमा सुनुवाइ हुनेछ । हाललाई उनी सात सय अमेरिकी डलरमा जमानतमा छुटेका छन् । र, उनलाई घरमा नजरबन्दमा राखिनेछ ।

उनी विहान ७ बजेदेखि १२ बजेसम्म घरबाट बाहिर निस्कन सक्नेछन् तर, २० किलोमिटरभित्र मात्र आउजाउ गर्न सक्नेछन् । साथै पासपोर्ट पनि बुझाउनु पर्नेछ ।

सुरुमा उनलाई अनजानमा भएको हत्यामा दोषी ठहर गर्दै ५ वर्षको सजाय सुनाइएको थियो । तर, सुप्रिम कोर्ट अफ अपीलले हत्यामा दोषी ठहर गरेको छ र १५ वर्षैसम्म सजाय हुनसक्छ ।

अदालतका अनुसार ब्लेड धावक पिस्टोरियसले २०१३ को भ्यालेन्टाइन डेका दिन प्रेमिका रीवालाई गोली हानेर हत्या गरेका गिए ।  पिस्टोरियस ६ पटक गोल्ड मेडल जिकेका छन् भने २०१२ मा लन्डन ओलम्पिकमा समेत भाग लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment