Comments Add Comment

भारतले मधेसीलाई साथ दिएर स्वार्थ पूरा गर्न खोज्योः बाबुराम

Baburam-Bhattrai
२६ मंसिर, कैलाली । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतले मधेसी जनतालाई साथ दिएजस्तो गरी स्वार्थ पूरा गर्न खोजेको आरोप लगाएका छन् । नेपालमा नयाा शक्ति निर्माण अभियानले आज कैलालीको धनगढीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै डा. भट्टराईले भारतले मधेशी जनतालाई साथ दिएजस्तो गरी स्वार्थ लिन खोजेको बताए ।

डा. भट्टराईले नेपाल-भारतका शासक बीच भारतमा गोप्य सहमती भएको भन्दै, नेलाली शासकले बचन पुरा गर्न नसकेकाले भारतले अघोषित नाकाबन्दी गरेको आरोप लगाए । डा. भट्टराईले भदौ ७ गतेको विष्फोटक घटनाले पश्चिम तराई शसंकित भएको बताउदै, समस्या समाधानको बाटो स्थानीय स्तरबाटै पहिल्याउनुपर्ने बताए ।

विभेदमा परेका समुदायले त्यसमा पनि बढी विभेदमा परेको समुदायको मर्का बुझ्न आवश्यक भन्दै, डा. भट्टराईले आपसी सहमतीबाट समस्याको सभाधान खोजिनुपर्ने बताए ।

राजनितिको एउटा अध्याय समाप्त भएको भन्दै भट्टराईले अबको राजनिति आर्थिक विकास र समृद्धी केन्दि्रत हुने जिकिर गरे । नयाा शक्तिले अबको १० वर्ष भित्र मुलुकबाट बेरोजगारीको अन्त्य गर्ने बताए ।
नृप रावलबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment