+
+

यी नायिकालाई निर्देशकले राखे सेक्स प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष १ गते ९:०५

मुम्बई । हलिउडदेखि बलिउडसम्म नायिकाहरु ‘कास्टिङ काउच’ को शिकार हुने गरेका छन् । निर्माता/निर्देशकले यौनप्रस्ताव राखेकै कारण फिल्म खेल्नबाट वञ्चित भएका नायिका धेरै छन् बलिउडमा ।

केही नायिका यस्ता पनि छन् । जसले आफुलाई निर्देशकले यौन प्रस्ताव राखेको कुरो सार्वजनिक गर्ने हिम्मत गरे । हेरौं यौन सम्पर्कको प्रस्ताव कुन कुन नायिकालाई आएको रहेछ ।

shwora

स्वरा भास्करः ‘तनु वेड्स मनु रिटन्र्स’ मा कंगना रनौतकी साथीको भुमिका निर्वाह गरेकी स्वरा भास्कर कास्टिङ काउचको शिकार भएकी थिइन् । स्वराका अनुसार एकपटक नायिकाको लागि अडिसन दिनेक्रममा उनलाई निर्देशकले सोधे ‘तिमी के-के गर्न सक्छ्यौ ?’ उनलेउ अभिनय गर्न सक्ने जवाफ दिइन् । फेरि तिनै निर्देशकले सोधे, ‘योबाहेक अरु के-के गर्न सक्छ्यौ ?’ स्वराले निर्देशकको आशय बुझेर भनिन्, ‘म सेक्स गर्न सक्दिनँ, अभिनय मात्रै गर्न सक्छु ।’ त्यसपछि उनको अडिसन त्यहिँ सकियो ।

ममता कुलकर्णीः प्रसिद्ध निर्देशक राजकुमार सन्तोषीलाई पनि कास्टिङ काउचमा संलग्न भएको आरोप लाग्ने गरेको छ । चलचित्र ‘चाइन गेट’ को सुटिङमा उनले ममता कुलकर्णीसँग सेक्स प्रस्ताव राखेका थिए । तर, ममताले नमानेपछि भूमिका नै कटौती गरिदिएका थिए ।

रीना गोलनः इजरायली मोडल रीना गोलनले निर्देशक सुभाष घईले सेक्स प्रस्ताव राखेको आरोप लगाएकी छिन् । रीनाले आत्मकथामा लेखेकी छिन् ‘भारतका प्रसिद्ध निर्देशक शुभाष घइले मलाई काम दिने बहानामा सेक्स प्रस्ताव राखे ।’

ममता पट्टेलः हिन्दी चलचित्र ‘पान सिंह तमोर’ मा काम गर्ने क्रममा इरफान खानले ममतलाई सेक्स प्रस्ताव राखेका थिए । ममताको अनुसार फिल्म सुटिङको क्रममा इरफानले उनलाई शारीरिक शोषण गरे । इरफानले अरु फिल्ममा काम दिलाइदिने आश्वासन दिएर उनलाई यौन शोषण गरेका थिए ।

payal-rohatgi-61a

पायल रोहतगीः सन् २०११ मा रियालीटी शो ‘बिग बोस’ मा सहभागी भएकी नायिका पायल रोहतगीले निर्देशक दिवाकर बनर्जीले शारीरिक शोषण गरेको आरोप लगाइन् । पायलका अनुसार दिवाकरले हिन्दी चलचित्र ‘संघाई’ मा रोल दिने भन्दै शोषण गरेका थिए । पायलले यौनशोषण गरेको कुरा गरेपछि बनर्जीले पायललाई दिमाग खुस्किएकी केटी समेत भनेका थिए ।

गीतिका त्यागीः नायिका गीतिका त्यागीले सुभाष कपुरले आफूलाई ‘छेडखानी’ गरेको आरोप लगाइन् । उनले सामाजिक सञ्जालमा एउटा भिडियो अपलोड गर्दै आफुलाई यौन दुव्र्यवहार गरिएको उल्लेख गरेकी थिइन् ।

प्रती जैनः प्रसिद्ध निर्देशक मधुर भण्डारकरलाई पनि कास्टिङ काउचको आरोप लागेको छ । नायिका पि्रती जैनले फिल्ममा काम दिने भन्दै यौन शोषण गरेको अरोप लगाएकी थिइन् । प्रितीको भनाई अनुसार सन् १९९९ देखि २००४ सम्म मधुरले उनको शारीरिक शोषण गरेका थिए । त्यसो त मधुर विरुद्ध पि्रतीले प्रहरीमा उजुरी समेत दिएकी थिइन् ।

शक्ति कपुरः सन् २००५ मा एउटा न्युज च्यानलले गरेको ‘स्टिङ अपरेसन’मा चरित्र अभिनेता शक्तिकपुर कास्टिङ काउचमा सहभागी भएको आरोप लागेको थियो । उनले टेलिभिजनमा काम गर्ने एक महिला रिपोर्टरलाई फिल्ममा काम गर्ने हो भने कास्टिङ काउचका लागि तयार रहनुपर्ने प्रस्ताव गरेका थिए । उक्त स्टिङ अप्रेशन सार्वजनिक भएपछि बलिउडमा तहल्का मच्चिएको थियो । शक्ति कपुरले भने गलत समाचार भएको दाबी गरेका थिए ।

सुचित्रा कृष्णामुर्तिः सन् २००९ मा नायिका सुचित्रा कृष्णामुर्तिले आफ्नो ब्लगमा लेखिन्, ‘म एकजना निर्माताबाट यौनशोषण हुनवाट बचेँ । किनकी मैले उनको फिल्ममा काम नगर्ने निर्णय गरेँ । निर्माताको नाम के हो भन्नेमा उनले खुलाएकी छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?