Comments Add Comment

अखाद्य पदार्थ भेटिएपछि फेन्टा, पेप्सी र मिरिण्डाका उत्पादकविरुद्ध मुद्दा

cold drinks

३ पुस, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अखाद्य पदार्थ मिसाउने विभिन्न पेय पदार्थ उत्पादक कम्पनीहरुलाई कारवाही प्रक्रिया अघि बढाएको छ । विभागले फेन्टा, पेप्सी र मिरिण्डा उत्पादक कम्पनीहरुविरुद्ध मुद्दा दायर गरेको हो ।

फेन्टामा दुषित तथा अखाद्य पदार्थ मिसाएको भेटिएपछि बोटलर्स नेपालविरुद्ध मुद्दा चलाइएको विभागका प्रवक्ता पुर्णचन्द्र वस्तीले जानकारी दिए । बोटलर्स नेपाल कोकाकोलाको पनि उत्पादक कम्पनी हो ।

यस्तै पेप्सी र मिरिण्डामा अखाद्य पदार्थ मिसाउने गरेको पाइएपछि विभागले उत्पादक बरुण बेभरेजविरुद्ध पनि मुद्दा चलाएको जानकारी दिएको छ । पेप्सी र मिरिण्डामा पटक-पटक अखाद्य पदार्थ भेटिएपछि मुद्दा चलाइएको हो ।

यो वर्षको पहिलो चार महिनामा विभागले अखाद्य पदार्थ उत्पादन र बिक्री वितरण गर्ने ५१ वटा र्फमविरुद्ध मुद्दा चलाएको छ ।

विभागले कात्तिकसम्म दुषित पदार्थ मिसाएको भेटेपछि ललितपुरको नवप्रभात र चितवनको चितवन डेरी विरुद्ध पनि मुद्दा चलाएको छ ।

त्यस्तै खानेपानी उत्पादक क्रिष्टल अक्वा कम्पनी र चितवनका विभिन्न पानी उत्पादक कम्पनीविरुद्ध पनि अभियोग दायर भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment