+

न्यूजिल्याण्डले श्रीलंकाविरुद्धको टेष्ट सिरिज जित्यो

२०७२ पुष  ६ गते ८:४५ २०७२ पुष ६ गते ८:४५
न्यूजिल्याण्डले श्रीलंकाविरुद्धको टेष्ट सिरिज जित्यो

Kane williamson

६ पुस, काठमाडौं । हमिल्टन टेष्टमा ५ विकेटको जित हात पार्दै न्यूजिल्याण्डले श्रीलंकाविरुद्धको टेष्ट सिरिज २-० ले जितेको छ ।

टेष्टको चौथो दिन न्यूजिल्याण्डलाई जितका लागि मात्र ४७ रन आवश्यक थियो । केन विलियम्सन १०८ रनमा अविजित रहादै टीमलाई जित दिलाए ।

दोस्रो पारीमा न्यूजिल्याण्डले एक समय ११ रन जोड्दा २ विकेट गुमाएको थियो । तर श्रीलंकाले दिएको १८९ रनको लक्ष्य ५ विकेटको क्षतिमा भेट्टायो ।

विलियम्सनको वर्षको पाँचौ टेष्ट शतक बनाए, जुन न्यूजिल्याण्डका लागि रेकर्ड हो । साथै उनी एक क्यालेन्डर वर्षमा सर्वाधिक रन बनाउने न्यूजिल्याण्डका क्रिकेटर समेत बनाएका छन् ।

उनले न्यूजिल्याण्डका तर्फबाट ४६ टेष्ट खेलेका छन्, जसमा १३ शतक छ । यो सिरिजमा भने उनले २६८ रन बनाए ।

पहिलो पारीमा २९२ रन बनाएको श्रीलंका दोस्रो पारीमा १३३ रनमा अल आउट भएको थियो । न्यूजिल्याण्डले भने २३७ रन बनाएका थियो ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय