+
+

कहाँ पुग्यो संविधानको प्रचार अभियान ?

८ पुस, काठमाडौं । जनतामा संविधानका विषयमा रहेका भ्रम तोड्न भन्दै सरकारले सुरु गरेको प्रचार अभियान १८ दिनमा १५ वटा जिल्लामा सम्पन्न भएको छ । प्रचार अभियान संविधानका विषयमा बुझाउने भन्दा पनि राजनीतिक भाषणवाजीमै सीमित हुन पुगेको छ ।

स्थानीय विकास मन्त्रालयको संयोजनमा ७५ वटै जिल्लामा प्रचारात्मक गतिविधी गर्ने योजना बनेको थियो । हालसम्म १५ जिल्लामा अभियान सम्पन्न भएको र बाँकी जिल्लाको पनि खाका बनिसकेको मन्त्रालयका प्रवक्ता पूर्णचन्द्र भट्टराईले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष ८ गते ११:४७

८ पुस, काठमाडौं । जनतामा संविधानका विषयमा रहेका भ्रम तोड्न भन्दै सरकारले सुरु गरेको प्रचार अभियान १८ दिनमा १५ वटा जिल्लामा सम्पन्न भएको छ । प्रचार अभियान संविधानका विषयमा बुझाउने भन्दा पनि राजनीतिक भाषणवाजीमै सीमित हुन पुगेको छ ।

KP Oli, Kamal Thapa and Onsari Ghartiस्थानीय विकास मन्त्रालयको संयोजनमा ७५ वटै जिल्लामा प्रचारात्मक गतिविधी गर्ने योजना बनेको थियो । हालसम्म १५ जिल्लामा अभियान सम्पन्न भएको र बाँकी जिल्लाको पनि खाका बनिसकेको मन्त्रालयका प्रवक्ता पूर्णचन्द्र भट्टराईले बताए ।

‘हाम्रो आन्तरिक मूल्यांकनमा अभियानको प्रभावकारीता सन्तोषजनक नै छ,’ भट्टराईले अनलाइनखबरसित भने । शीर्ष नेताहरुको व्यस्तताले गर्दा अभियान धेरथोर प्रभावित बनेको उनको स्वीकारोक्ति छ ।

उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री कमल थापाले विदेश भ्रमण र केन्द्रीय राजनीतिक व्यस्तताका कारण यसमा समय दिन सकेका छैनन् । उनी हालसम्म दुई जिल्लामा भएका कार्यक्रममा सरिक भएका छन् । पोखरा र बिराटनगरमा पनि उनी सहभागी हुने कार्यक्रम छ ।

प्रधानमन्त्री केपी शर्मा ओली आफैँ दुई जिल्लाका कार्यक्रममा सहभागी भए । उनी कञ्चनपुर र इटहरीमा भएका कार्यक्रमको प्रमुख अतिथि बनेका थिए । थप दुई जिल्ला जाने इच्छा उनले व्यक्त गरेका छन् ।

हिमाली जिल्लाहरुमा हिमपात र मधेसका जिल्लाहरुमा शीतलहरले गर्दा जनसहभागिता आशाअनुरुप हुन सकेको छैन । मन्त्रालयका अनुसार मंगलबार मनाङमा भएको सभामा १५५ जनाको उपस्थिति थियो । तराईमा अहिलेसम्म बर्दिया, झापा, र सुनसरीमा कार्यक्रम भएका छन्. आज रुपन्देहीमा हुँदैछ ।

मधेसी जनतामा संविधानबारे भ्रम रहेको निश्कर्ष निकालेको सरकारले मधेस आन्दोलनका अत्यधिक प्रभाव रहेका जिल्लाहरुमा भने अझै प्रचार अभियान पुर्‍याउन सकेको छैन । यद्यपि, ती सबै जिल्लाहरुमा अभियानको तालिका बनिसकेको प्रवक्ता भट्टराई बताउँछन् । काठमाडौ, ललितपुर र भक्तपुरमा प्रचार अभियान सम्पन्न भइसकेको छ भने बुधबार पाँच जिल्लामा कार्यक्रम छ ।

‘अहिलेसम्म सुरक्षा चुनौति कतै आएको छैन,’ उनले भने, ‘सबैतिर निर्वाध कार्यक्रमहरु भइरहेका छन् ।’

प्रचार अभियान राजनीतिक सभामा मात्रै सीमित नरहेको भन्दै उनले स्थानीय सञ्चार माध्यमहरुलाई प्रयोग गरेर सचेतना जगाउने काम पनि भइरहेको उल्लेख गरे ।

यो पनि पढ्नुस्

ऋचा पाठबाट शुरु भयो संविधानको राष्ट्रव्यापी प्रचार अभियान 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?