+
+

नेपाल चेम्बर र सिक्किम चेम्वरबीच सम्झौता, सहयोग र सदभाव बढ्ने अपेक्षा

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष ११ गते १७:३९

Chember and sikkim chember

११ पुस, काठमाडौं । नेपाल चेम्वर अफ कमर्स र सिक्किम चेम्वर अफ कमर्सबीच आपसी सहयोग र सद्भाव अभिवृद्धि गर्ने समझदारी भएको छ । समझदारी पत्रमा चेम्वरका अध्यक्ष राजेशकाजी श्रेष्ठ र सिक्किम चेम्वरका अध्यक्ष अशोक शारदाले हस्ताक्षर गरे ।

समझदारी पत्रमा हस्ताक्षर गर्दै नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले दुई चेम्वर अफ कमर्सबीच भएको सम्झौताले आपसी सहयोग, सद्भाव अभिवृद्धि गर्न र निजी क्षेत्रको भूमिकालाई अझ प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष श्रेष्ठले नेपाल र भारतबीचको सदियौं पुरानो आर्थिक, सामाजिक, सास्कृतिक र जनस्तरको सम्बन्धाई अझ प्रगाढ बनाउन दुई चेम्वर अफ कमर्सले सहयोगी भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरे ।

नेपालमा लगानीको वातावरण संविधान निर्माण पश्चात नेपालको राजनैतिक अवस्था सामन्य बन्दै गएकोले सिक्किमका उद्यमी व्यवसायीहरुलाई पर्यटन, उर्जा, पूर्वाधार, कृषि लगायतका सेवा क्षेत्रमा लगानी गरी दुई पक्षीय रुपमा फाईदा लिन समेत अध्यक्ष श्रेष्ठले अनुरोध गरेका छन् ।

सिक्किम चेम्वरका अध्यक्ष शारदाले सम्झौताले दुई चेम्वरबीच सम्वन्ध थप मजबुत भएको बताउँदै यसले दुवै देशका उद्यमी व्यवसायीको हक-हितका लागि प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले दुई देशबीचको व्यापार तथा लगानी प्रवर्द्धन गर्न व्यापार मेला तथा प्रदर्शनीहरुको आयोजना तथा व्यापार प्रतिनिधि मण्डलहरु आदान प्रदान हुनुपर्ने बताएक ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?