Comments Add Comment

प्रमुख दलहरुको बैठक नै बस्न सकेन

Trio Barta

  • फाइल फोटो

१२ पुस, काठमाडौं । सहमतिको प्रयासमा आइतबार बस्ने भनिएको प्रमुख चार पक्षको बैठक हुन सकेन ।

शनिबार त्रिपीक्षीय वार्ता गरेका कांग्रेस, एमाओवादी र मधेसी मोर्चाका शीर्ष नेताहरुको बैठकमा आइतबार एमाले सहितको बैठक गर्ने सहमतिका साथ उठेका थिए । तर, आइतबार बैठक नै हुन सकेन ।

सरकारको नेतृत्व गरिरहेको एमालेलाई मनाउने जिम्मा एमाओवादी अध्यक्ष प्रचण्डले लिएका थिए । उनले आइतबार विहानै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्ता पनि गरे ।

तर, ओलीलाई मनाउन सकेनन् । ‘ओलीजी संविधान संशोधन अब रोक्न सकिँदैन भन्नेमा हुनुहुन्छ’ एक नेताले भने-‘प्रचण्डले ओलीजीलाई मनाउन नसकेपछि बैठक बस्न सकेन ।’ स्रोतका अनुसार एमाले नेतृत्व र प्रधानमन्त्री स्वयंम संशोधन प्रस्ताव तत्काल अघि बढाउने पक्षमा छन् ।

शनिबार मधेसी मोर्चासँग वार्ता गरेका कांग्रेस र एमाओवादीले भने सहमतिको प्रयास गर्दै संशोधन अघि बढाउन चाहेका थिए । तर, एमाले नेतृत्व सकारात्मक नभएपछि शीर्ष नेताहरुको बैठक नै बस्न सकेन ।

कांग्रेस प्रवक्ता दिलेन्द्र बडूले एमालेसहितको बैठक बस्ने समझदारी भएपनि हुन नसकेको बताए । ‘एमालेलाई पनि सहमत गरायौं भने साझा निकास निस्कन्छ कि भन्ने थियो । प्रचण्डले एमालेललाई पनि ल्याएर बसौं भन्नु भएको थियो’ बडूले भने-मिलेन क्यारे । बैठक नै बस्न सकेन ।’

प्रधानमन्त्री ओलीलाई भेटेर पार्टीको कार्यक्रममा पुगेका एमाओवादी अध्यक्षले साँझसम्म बैठक बस्न सक्ने बताएका थिए ।

उनी हतारिएर काठमाडौं पनि फर्किए । तर, बैठक बस्न सकेन ।  प्रचण्ड बिराटनगरमा रहँदा नै मधेसी मोर्चाको विरोधका बीच संसदमा संविधान संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल सुरु भइसकेको थियो  । मोर्चाले भने नाराबाजी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment