+
+

काठमाडौंमा ल्होछारको रौनक (फोटो फिचर)

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष १५ गते १८:५३

Loshar (2)

१५ पुस, काठमाडौं । गुरुङ बहुल क्षेत्रलगायत काठमाडौं उपत्यकामा बुधबार धुमधामसँग तमु ल्होछार पर्व मनाइँदैछ । काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका गुरुङ समुदायले टुँडीखेलमा हर्षोल्लासका साथ ल्होछार पर्व मनाएका छन् ।

गुरुङ जातिले पुस १५ गते तमु ल्होछारका रूपमा, तामाङ लगायतका जातिले माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होछारका रूपमा तथा शेर्पा र भोटेलगायतका जनजातिले फागुन शुक्ल प्रतिपदाका दिन ग्याल्पो ल्होछार मनाउने परम्परा छ ।

Loshar (9)

‘ल्हो’ भन्नाले वर्ष तथा ‘छार’ भन्नाले नयाँ भन्ने बुझाउँछ । हरेक वर्ष ल्होछारका अवसरमा आफ्ना मान्यजनबाट आशीर्वाद लिने र शुभकामना आदानप्रदान गरिन्छ ।

सरकारले यो पर्वलाई २०६४ सालदेखि राष्ट्रिय पर्वका रूपमा मान्यता दिई सार्वजनिक बिदासमेत दिने गरेको छ ।

Loshar (14)

ल्होछारको अवसरमा काठमाडौं उपत्यकाका बिभिन्न स्थानबाट परम्परागत झाँकी र बाजागाजासहित र्‍याली निकालिएको थियो । र्‍याली नगरका बिभिन्न स्थान परीक्रमा गर्दै टुँडिखेलमा जम्मा भएको थियो । र्‍यालीमा सहभागीहरुले जातीय पहिचान झल्किने पोशाक लगाएका थिए ।

Loshar (15)

Loshar (8)

Loshar (5)Loshar (4)

Loshar (3)Loshar (6)Loshar (10)Loshar (7) Loshar (11) Loshar (12) Loshar (13)

तस्वीर : कविन अधिकारी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?