Comments Add Comment

कांग्रेसलाई प्रधानमन्त्रीको जवाफः म कानमा तेल हालेर बसेको छैन

Kp Oli

१८ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आलोचना गर्ने विपक्षी कांग्रेसलाई आफू कानमा तेल हालेर नबसेको जवाफ दिएका छन् ।

नेपाल इन्जिनियर्स एशोसियशनको आयोजनामा भएको ग्रामिण आवाससम्बन्धी प्रदर्शनीको शनिबार समापन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो आलोचना गर्ने कांग्रेस सांसदहरुलाई भूकम्प गएको ६ महिनामा अघिल्लो सरकारले के गर्‍यो भनेर प्रश्न गरेका छन् ।

उनले भने- अस्ती मैले सुनेँ, प्रधानमन्त्री कनमा तेल हालेर बसेको छ भनेर । कसले भनेको भने .. (हाँस्दै) .. म प्रधानमन्त्री बन्नु अगाडि ६ महिना चलाउने साथीहरुले । अहिलेको प्रधानमन्त्री कानमा तेल हालेर बसेको छैन र बस्दैन ।’

प्रधानमन्त्री ओलीले भुकम्प प्रभावितहरुको पीडाप्रति गम्भिर भएर नै आफूले पुनर्निमाण सम्बन्धी विधेयक पारित गर्न मुख्य भूमिका खेलेको र पुनर्निर्माण प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment