Comments Add Comment

राष्ट्र बैंकले बनाएको मस्यौदा अर्थ मन्त्रालयले उल्ट्यायो

nepal-rastra-bank
१९ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्णय अर्थ मन्त्रालयले उल्ट्याएको छ । बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरुको कार्यकालका सम्बन्धमा राष्ट्र बैंकको निर्णय अर्थ मन्त्रालयले उल्ट्याएको हो ।

नेपाल राष्ट्र बैंकले प्रस्ताव गरेको बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) मा एउटै व्यक्ति दुई कार्यकालभन्दा बढी सञ्चालक बन्न नपाउने संशोधन प्रस्ताव गरेको थियो ।

राष्ट्र बैंकले निर्देशन जारी गरेर अध्यक्ष तथा सञ्चालक पदमा दुई कार्यकालभन्दा बढी एउटै व्यक्ति रहन नपाउने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले आफूले तयार पारेको मस्यौदामा यही व्यवस्थालाई निरन्तरता दिएको थियो ।

तर, अर्थमन्त्री विष्णु पौडेलले केही दिन अघि संसदमा पेस गरेको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनको मस्यौदामा सञ्चालकको कार्यकाललाई खुला छाडिएको छ । मन्त्री पौडेलले राष्ट्र बैंकले गरेको प्रस्ताव परिमार्जन गरेका हुन् ।

बैंकको अध्यक्षका हकमा भने एउटै व्यक्तिले दुई कार्यकाल मात्रै निरन्तरता दिन सक्ने व्यवस्था गरिएको छ ।
नयाँ ऐनमा प्रबन्ध सञ्चालकको पनि व्यवस्था गरिएको छ । सञ्चालक र प्रमुख कार्यकारी एउटै व्यक्ति हुँदा उसको पदलाई प्रबन्ध सञ्चालकका रुपमा व्याख्या गरिएको छ ।

बाफियाको मस्यौदा तयार पार्दा राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडा थिए । अहिले उनी योजना आयोगको उपाध्यक्ष छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment