Comments Add Comment

कतारमा ‘नयाँशक्ति निर्माण अभियान’को प्रशिक्षण

Naya-Sakti-At-Qatar

दोहा । कतारमा नयाँ शक्ति निर्माण अभियानको प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।  बिदेशस्थित संगठन ‘नयाँशक्ति निर्माण अभियान कतार’ को आयोजनामा दोहाको नज्मास्थित नाक्यान रेष्टुरेन्टमा अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

नयाँशक्ति निर्माण अभियान कतारका संयोजक बिबि खराल ‘रोशन’ को सभापतित्व सम्पन्न कार्यक्रममा अभियानकी अन्तरास्टि्रय संयोजक एवं पूर्वमन्त्री हिसिला यमि प्रमुख आतिथी थिइएन । अन्तराष्ट्रिय बिभाग सदस्य शंकर भण्डारी तथा अभियान्ता अनुप अधिकारीको विशेष आतिथ्यता रहेको कार्यक्रममा १६० भन्दा बढिको उपस्थिति थियो ।

कार्यक्रमलाई तिलबिक्रम थेवेले स्वागत मन्तब्य राखेका थिए । नयाँ शक्ति कतारका अभियन्ता “ुब क्षेत्री देबकोटाले संचालन गरेको कार्यक्रममा प्रमुख अतिथी तथा नयाँ शक्ती अभियानकी अन्तरास्टि्रय संयोजक हिसिला यमिले सम्बोधन गरेकी थिइन ।

उनले भनिन्-‘पुरानो प्रवृति र संस्कारबाट मुलुकको आर्थिक सम्मृद्धि, विकासको गति नबढेने निश्चित रहेकोले अव नयाँ सोच, नयाँ मानसिकता र नयाँ विचारबाट एउटा नयाँ शक्ति निर्माण गरेर मुलुकको समुन्नत विकासको लागि लाग्नुपर्ने आवश्यकता महसुस गरिएको छ । ‘

यामीले नयाँ शक्ति हिजोकै पुरानै शक्तिको परिवर्तित रुपमा वा त्यसको एउटा टुक्रा नभएर विभिन्न पुष्ठभूमीबाट आएका, नयाँ विचार, नयाँ कार्यदिशा, नयाँ संगठन र नयाँ शैलीमा आवद्ध व्यक्तिहरुको संगठित रुप हुने बताइन् ।

नेपालमा नयाँ शक्तिको आवश्यकता रहेको भन्दै उनले भनिन् ‘पुरानो शक्ति या राजनितिक पार्टीहरुको अहिलेको वर्तमान संस्कार र पद्धतिबाट असंभव हुने हुनाले डा. बाबुरा भट्टराई पार्टी परित्याग गरेर एउटा नयाँ शक्ति निर्माणमा जुटिरहनुभएको छ ।’

नयाँ विचार र नयाँ विकल्पको खोजी गर्ने क्रममा यो अभियान बहस र छलफल चलाइएको भन्दै उनलृ अभियानलाई साथ दिएर सहयोग गर्न अनुरोध गरिन् ।

अन्तराष्ट्रिय बिभाग सदस्य शंकर भन्डारीले नयाँ शक्ति निर्माण अभियानबाट अतालिएकाहरुले यसको बदनाम गर्ने प्रयास भइरहेको बताए । डाक्टर बाबुराम भट्टराईले भारतमा पढेकै आधारमा उहामाथि रअको एजेन्टको आरोप लगाउने, हिसिला यमिलाई दक्षिण एसियाकै भ्रस्ट भनेर प्रचार गरिएको भन्दै उनले त्यो सत्य नभएको बताए ।

कार्यक्रममा एमाओबादीको बिदेशस्थित भातृ संगठन नेपाली जनप्रगतिशील मञ्च कतारबाट बिद्रोह गरेर नियाँ शक्ति निर्माण अभियानमा सहभागी हुन निबर्तमान सचिब लाल भट्ट, सल्लाहकार सदस्य नवराज सिंखडा जिज्ञासु, राजु पुडासैनी, शिबराज भट्टराई, दलित बिभाग प्रमुख बिजय सुन्दास, कृष्ण परियार, सोम परियार लगायत दर्जनौ अभियान्ताहरु नयाँ शीक्तमा प्रबेश गरेका थिए । उनीहरुलाई प्रमुख अतिथी हिसिला यमी तथा बिशेष अतिथी शंकर भण्डारीले खादा लगाएर स्वागत गरे ।

नबप्रबेशीहरुको तर्फबाट बोल्दै लाल भट्टले नयाँशक्ति निर्माण अभियानमा सहभागी हुन पाउँदा आफुहरुलाइ खुसी लागेको बताए । जनप्रगतिशील मन्च त्यागेर नयाँ शक्ति निर्माण अभियानमा लागेको प्रेस बिज्ञप्तिलाई नवराज सिंखडा ‘जिज्ञासु’ ले बाचन गरे ।

औपचारिक कार्यक्रमलाई समापन गर्दै सभापति बि.बि खरालले देश बेरोजगार युवा उत्पादन गर्ने कारखाना बनेको र नेताहरुको स्वार्थ नातावाद कृपावादले भएकाले लाखौ युवा विदेशिनु परेको र नयाँशक्ति निर्माण अभियानले यस्तो समस्या समाधान गर्न मुख्य भुमिका खेल्ने बताए ।

कार्यक्रमको समापनसँगै नेपाल पत्रकार महासंघ कतार शाखाको सहकार्यमा पत्रकार भेटघाट कार्यक्रम समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment