Comments Add Comment

आगो ताप्नेक्रममा जलेर बर्दियामा ८ वर्षे बालकको मृत्यु, ३ घाइते

ghaite

  • भेरी अञ्चल अस्पतालमा उपचाररत घाइते

२२ पुस, बर्दिया । बर्दियाको बासगढी नगरपालिका वडानम्बर सातमा आगो ताप्नेक्रममा जलेर एक बालकको मृत्यु भएको छ । तीन जना घाइते भएका छन ।

घरदेखि पाँच सय मिटर टाढा स्थानीय छिमेकीको परालको टौवामा आगो ताप्न गएका ८ वर्षका सुजल विकको मृत्यु भएको हो । उनीसँगै रहेका ११ वर्षका विकास विक, ११ वर्षकै सञ्जय राझी र १४ वर्षका राधाकृष्ण थारु घाइते भएका छन् ।

उनीहरुको भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सक अभिषेक श्रेष्ठका अनुसार विकासको शरीरको २५ प्रतिशत भन्दा बढी भाग जलेको छ । त्यस्तै सञ्जयको ३० प्रतिशतभन्दा बढी भाग जलेको छ भने राधाकृष्णको ९ प्रतिशत भाग जलेको छ ।

उनीहरु मंगलबार साँझ पाँच बजेको समयदेखि घरबाट हराएका थिए । राधाकृष्णले बोकेका चारवटा अन्डा पोलेर खाएका उनीहरु आगो ताप्नेक्रममा जलेका थिए । परिवारका सदस्यले अन्यत्र खोजेपनि राति १२ बजेको समयमा मात्र थाहा पाएर अस्पताल लगिएको मृतकका हजुरबुबा छविलाल विकले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment