+
+

फिल्मसँगै दिनेशको परोपकारी काम, चलचित्रको फाइदाबाट पुल बनाउने

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष २८ गते १५:३२

ffmt team
निर्देशक तथा निर्माता दिनेश डीसीले निर्माण गरेको चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’को व्यापारले उनको गोजी मात्र तातो हुँदैन । उनले चलचित्रको फाइदा रकमबाट एउटा पुण्य काम गर्ने योजना पनि बनाएका छन् ।

धादिङको सलाङघाटमा तुइन हटाएर झोलुङ्गे पुल बनाउने योजना दिनेशले लिएका छन् । चलचित्रबाट नाफा वा घाटा जे भएपनि ७ लाख  ५० हजार रुपैयाँ चलचित्रको तर्फबाट राखिएको दिनेशले जानकारी दिए ।

आज काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा दिनेशले चलचित्रको सम्पुर्ण फाइदा रकम झोलुङ्गे पुल बनाउन लगानी गर्ने बताए । तर, यदि चलचित्र नचलेपनि ७ लाख ५० हजार रुपैयाँ पुल निर्माणका लागि राखिएको उनको भनाई थियो ।

तुइनमा जीवन नै जोखिम राखेर विद्यालय पढ्न जाने विद्यार्थीका लागि झोलुङ्गे पुल निर्माण गर्ने अभियानमा लागेको उनले बताए । कार्यक्रमका प्रमुख अतिथी चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले सलाङघाटमा स्कुल निर्माण गरिदिने बताए । IMG_0005 copy IMG_0044 copy

उनले प्रावी स्कुल निर्माण अभियान सुरु भैसकेको जानकारी दिए । पुल निर्माणको बिषयमा पछि योजना बनाउने भन्दै अहिले तुइनबाट विद्यालय जान नसक्ने विद्यार्थीका लागि प्रावी स्कुल बनाउने निर्वाणले  जानकारी दिए ।

फागुन २१ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’मा नीता ढुंगाना र आमेष भण्डारीको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?