Comments Add Comment

आहा रारा गोल्डकपको पुरस्कार राशी ५ लाख पुग्यो

Aaha-Rara-GoldCup-Football

  • आहा रारा गोल्डकपबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन । तस्वीर : सुदर्शन रञ्जित

सन्देश श्रेष्ठ

३ माघ, पोखरा । यहि माघ ५ गतेदेखि १६ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने १४ औं आहा रारा गोल्डकप फुटबलको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक सहारा क्लव पोखराले आइतबार पोखरामा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो ।

‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटनको रुपमा स्थापित गरौं’ भन्ने मूल उद्देश्यका साथ आयोजना हुने प्रतियोगितामा ३ विदेशीसहित १२ टिम सहभागि हुँदैछन् । उदघाटन खेलमा आयोजक सहारा र नवजनजागृति क्लब भिड्नेछन् ।

प्रतियोगितामा भारतको ईण्डियन आर्मी गोर्खा ब्रिगेड टीम र युनाईटेड सिक्किम फुटवल क्लव, बंगलादेशको रहमतगञ्ज एमएफ सोसाईटी सहभागि हुँदैछ । त्यस्तै विभागीय क्लवहरु त्रिभुवन आर्मी क्लव, नेपाल पुलिस क्लव, सशस्त्रको एपीएफ क्लव तथा नेपालका ए डिभिजनका क्लवहरु थ्रीस्टार क्लव, मनाङ मर्स्याङ्गदी क्लव, नव जनजागृति युवा क्लव सिमरा, झापा ११, आयोजक सहारा क्लब पोखरा र जावलाखेल युथ क्लवले प्रतिष्पर्धा गर्ने क्लवका अध्यक्ष बिरभद्र आचार्यले जानकारी दिए ।

पत्रकार सम्मेलनमा पूर्वसभासद सूर्यबहादुर केसीले सहारा क्लबले फुटबलको माध्यमबाट पोखरालाई देश विदेशमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको बताए । उनले फुटबलको बहुआयामिक फाइदा हुने बताउँदै यसले पर्यटन क्षेत्रमा पनि सघाउने भएकाले त्यसको सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले सहारा क्लबले सञ्चालन गर्दै आएको आहा रारा गोल्डकप सम्पन्न गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले सहारा क्लवद्वारा सञ्चालित सहारा एकेडेमी सञ्चालनमा राखेपले कुनै न कुनै भूमिकाबाट सहयोग गर्ने बचन दिए ।

पुरस्कार राशी ५ लाख पुग्यो

सहारा क्लव पोखराले आहा रारा गोल्ड कपको राशी बृद्धि गरेर ५ लाख पुर्‍याएको छ । ३ लाख ५१ हजार राशीको उक्त गोल्डकपको राशी डेढ लाख बृद्धि गरेर ५ लाख पुर्‍याइएको हो । हरेक ३/३ वर्षमा राशी बृद्धि गर्ने योजनाअनुरुप यस वर्ष डेढ लाख बृद्धि गरिएको क्लवका अध्यक्ष आचार्यले बताए ।

उपबिजेताको राशीमा भने पचास हजार रुपैयाँ बृद्धि गरेर २ लाख ५१ हजार बनाइएको उनले बताए । उपबिजेतालाई प्रदान गरिने उक्त राशी सहारा क्लव अष्टे्रलियाले प्रायोजन गर्नेछ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई नेपाल जेनरल मार्केटिङ्ग प्रालिको तर्फबाट एक थान ड्यास हिरो स्कुटर प्रदान गरिने छ ।

दर्शकलाई एक तोलाको सुनको सिक्का

क्लवले प्रतियोगितामा सहभागि एक जना दर्शकलाई एक तोलाको सुनको सिक्का प्रदान गर्ने घोषणा गरेको छ । प्रतियोगिता अवधी भरमा टिकट काट्ने दर्शक मध्येबाट एक जनालाई गोलाप्रथा गरी सहारा हङकङको प्रायोजनमा १ तोलाको सुनको सिक्का प्रदान गरिने छ । यसैगरी सिजी ग्रुपले एलजी टिभी प्रदान गर्ने क्लवले जनाएको छ ।

प्रतियोगिता अवधिमा प्रत्येक दिन गोलाप्रथाद्वारा एक जना दर्शकलाई माइक्रो म्याक्स मोवाइल पनि छुट्टै प्रदान गरिने प्रतियोगिता मूल आयोजक समितिका सदस्य सचिव केशवराज बरालले जानकारी दिए ।

साढे २० लाख बचत गर्ने लक्ष्य

प्रतियोगिताबाट करीब २० लाख रुपैयाँ बचत गर्ने लक्ष्य राखिएको क्लवले जनाएको छ । प्रतियोगितामा ९९ लाख ९२ हजार रुपैयाँ कुल संकलन गरेर ७९ लाख ६२ हजार ३ सय रुपैयाँ खर्च गरेर २० लाख २९ हजार ७ सय रुपैयाँ बचत गर्ने लक्ष्य राखिएको प्रतियोगिता संयोजक केशबहादुर थापाले बताए । उनका अनुसार बचत रकम क्लवद्वारा संचालित सहारा एकेडेमीमा रहेका कठिन परिस्थिति एवम् विपन्न वर्गका १६ जिल्लाका २६ जना बालकको भरणपोषण र शिक्षामा खर्च गरिनेछ ।

उदघाटन खेलमा सहारा र नव जनजागृति भिड्ने

यसैबीच आयोजक सहारा क्लवले आहा रारा गोल्डकप फुटवल प्रतियोगिताको टाईसिट सार्वजनिक गरेको छ । प्रतियोगिताको माघ ५ गते हुने घाटन खेलमा आयोजक सहारा क्लव पोखरा र नव जनजागृति युथ क्लव भिड्ने भएका छन् ।

त्यस्तै ६ गते सशस्त्र प्रहरी बल र भारतको ईण्डियन आर्मी गोर्खा बि्रगेड टीम, ७ गते जाउलाखेल युथ क्लव र नेपाल आर्मी क्लव र ८ गते नेपाल पुलिस क्लब र रमपम झापा ११ प्रतिष्पर्धा गर्नेछन् ।

सुदर्शन रञ्जित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment