+
+

कोलोराडोमा नेपाल डे परेड तयारी गर्न ५१ सदस्यीय समिति गठन

कोलोराडो । नेपाली नयाँ बर्षको अवसर पारेर कोलोराडो निवासी नेपालीहरुले हरेक बर्ष आयोजना गर्ने गरेको ‘नेपाल डे परेड’लाई भब्यताका साथ सम्पन्न गर्न ५१ सदस्यीय समिति गठन गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ ४ गते ८:१३

Nepal-Day-Pared

नातिबाबु भट्ट

कोलोराडो । नेपाली नयाँ बर्षको अवसर पारेर कोलोराडो निवासी नेपालीहरुले हरेक बर्ष आयोजना गर्ने गरेको ‘नेपाल डे परेड’लाई भब्यताका साथ सम्पन्न गर्न ५१ सदस्यीय समिति गठन गरिएको छ ।

कोलोराडोस्थित संघ संस्थाका प्रतिनिधि, गन्यमान्य, पत्रकार, व्यबसायी, कलाकार तथा समाजसेवीहरुको बैठकले परेड कार्यक्रमलाई सफल पार्न शान्ति श्रेष्ठको अध्यक्षतामा ५१ सदस्यीय समिति गठन गरेको हो । आईतबार बोल्डरस्थित शेर्पा रेष्टुरेन्टमा सम्पन्न बैठकमा सबै संघ संस्थाका प्रतिनिधि गन्यमान्य, पत्रकार, व्यवसायी, कलाकार तथा समाजसेवी सदस्य रहेको समिति चयन गरिएको छ ।

Nepal-Day-Pared1

भौगोलिक हिसावले काठमाडौं उपत्यकासँग मिल्दो जुल्दो सुन्दर नगर बोल्डरमा आयोजना हुने परेड कार्यक्रम, कोलोराडोस्थित बोल्डर सिटी एण्ड काउन्ट्रिको कार्यालयले सन् २००३ देखि हरेक बर्ष अप्रिल महिनाको तेश्रो साता नेपालीहरुको नयाँ बर्षको उपलक्ष्यमा ‘नेपाल डे परेड’ हुनेछ भन्ने औपचारिक घोषणा गरेपछि ‘नेपाल डे परेड’ कार्यक्रम आयोजना गर्न थालिएको हो ।

अमेरीकामा रहेका पचास स्टेट मध्ये कोलोराडोमा मात्र यस्तो किसिमको कार्यक्रकम गर्ने गरिएको छ । नेपालीहरुका दिवस भनेर अमेरीकी सरकारबाट स्वीकृत भएको यो पहिलो सुचीकृत कार्यक्रम हो । बोल्डर नगरमा नेपालीहरुको संख्या बढ्दै गएपछि नेपालीपन र नेपालको पहिचाहन गराउने उद्देश्य लिई हेल्पीङ हेण्डका अध्यक्ष नारायण श्रेष्ठको सक्रियतामा यो कार्यक्रम सुरु गरिएको हो ।

आगामी अप्रिल १७ आईतबारका दिन आयोजना हुने ‘नेपाल डे परेड’ कार्यक्रमलाई भब्यताकासाथ सम्पन्न गर्न आगामी बैठकमा यसको कार्ययोजना तयार पारिने बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?