+
+

मन्त्री पौडेलले कृषि बैंकलाई भने- कृषि क्षेत्रको व्यवसायीकरण गर

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ ७ गते २०:१०

bishnu-poudel
७ माघ, काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले कृषि क्षेत्रमा व्यवसायीकरण र यान्त्रिकीकरण गर्ने सरकारको नीति कार्यान्वयन गर्न कृषि विकास बैंकलाई निर्देशन दिएका छन् ।

कृषि विकास बैंकको ४९ औं वाषिर्कोत्सव कार्यक्रममा अर्थमन्त्री पौडेलले सरकारी नीति कार्यान्वयनमा सहयोग गर्नु बैंकको दायित्व भएको तर्क गरे ।

उनले बैंकले कृषि षेत्रमा लगानी गर्नका लागि लगानीकर्ताहरुलाई प्रोत्साहित गर्नुपर्ने बताए । उनले वर्षको एक खर्ब भन्दा बढीका कृषिजन्य सामाग्री विदेशबाट आयात हुने गरेको अवस्थामा कृषि क्षेत्रको सम्भावनालाई प्रर्वद्धन गर्ने गरी कर्जा प्रवाह गर्नुपर्ने उल्लेख गरे ।

९ अर्ब ८६ करोड ८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कृषि विकास बैंकमा सरकारको ६ अर्ब ४३ करोड ६८ लाख रुपैयाँको अग्राधिकार शेयर छ ।

बैंकमा सरकारको साधारण शेयर पूँजी भने ५१ प्रतिशत छ । अर्थमन्त्री पौडेलले बैंकले दिने सेवा प्रभावकारी नभएको बारेमा धेरै जनगुनासा रहेको भन्दै सेवाग्राहीलाई सहजरुपमा सेवा दिने विषयमा कुनै कुनै सम्झौता नगर्न कर्मचारीहरुलाई निर्देशन दिए ।

उनले बैंकका कर्मचारीलाई टे्रड युनियनका नाममा काम छोडेर राजनीति नगर्न समेत भने । अर्थमन्त्री पौडेलले वित्तिय अनुशासन कायम गर्न तथा खराब कर्जाको असुली बढाउन कर्मचारीहरुलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?