Comments Add Comment

युवा लेखकलाई नायिकाले सोधिन् यस्तो प्रश्न

९ माघ काठमाडौं । नेपाली फिल्मका सेलिब्रिटीहरु साहित्यिक कार्यक्रममा विरलै देखिन्छन् । यद्यपि, पछिल्लो पुस्ताका कलाकारहरुमा साहित्यिक झुकाव थोरबहुत देखिन थालेको छ । यस्तो झुकाव राख्नेमध्ये नायिका ऋचा शर्मा एक हुन् ।

richa-sharmaयुवा लेखक बुद्धिसागरको नयाँ उपन्यास ‘फिरफिरे’को विमोचन कार्यक्रममा प्रज्ञाभवन पुगेकी ऋचा दर्शकदीर्घाको पहिलो हारमा कान ठाडा पारेर बसेकी थिइन् । लेखक बुद्धिसागर र उदघोषिका शिवानीसिंह थारुबीच पौने घन्टा लामो सवाल-जवाफ सकिएपछि ‘फ्लोर ओपन’ गरियो । कान ठाडा पारेकी ऋचाले प्रश्न सोध्न हात उठाइन् । नायिकाले प्रश्न सोध्न लागेको देखेपछि युवा लेखकले मुख रातोपिरो बनाए ।

नायिकाले भूमिका बाँध्दै यसरी प्रश्न सोधिन्, ‘मैले कर्णाली ब्लुज पढेँ । म तपाईंको फ्यान हुँ । फिरफिरे पनि अलिअलि पढ्ने मौका पाएँ । तपाईंको कर्णाली ब्लुज मेल डोमिनिटिङ (पुरुषप्रधान) थियो, त्यसमा बाबु र छोराको सम्वन्ध थियो । फिरफिरेमा पनि दुई केटा साथीहरुको कथा छ । किन मेल डोमिनेटिङ वा मेल ओरिएन्टेड कथा मात्र लेखिरहनु भएको छ ?’

लेखकले जवाफका लागि आँ.. गर्न नपाउँदै नायिकाले फेरि थपिन्, ‘मैले निश्चल (निर्देशक निश्चल बस्नेत) लाई पनि भनिरहेको हुन्छु । उसले लुट बनायो, जुन मेल डोमिनेटिङ थियो । टुल्के पनि त्यस्तै थियो । र अहिले लेखिरहेको कथा पनि त्यस्तै छ ।’

‘मेल राइटर भएको कारणले हो कि ? तपाईंले कि फिमेल ओरियन्टेड स्टोरी लेख्नुहुन्न ? उनीहरुको भावना व्यक्त गर्न नसकेर हो ?’

buddhiजवाफमा बुद्धिसागरले सुरुमै हँसाए ।

‘मैले जून स्कुलमा पढेँ, मेरो क्लासमा जम्माजम्मी दुई जना केटी हुन्थे । उनीहरुलाई लाइन मार्ने केटाहरुबीच प्रतिस्पर्धा मात्रै होइन मारपिट नै हुन्थ्यो । म लजालु स्वभावको, कहिल्यै केटीहरुको छेउँ पर्न सकिन । कलेज आउँदासम्म त्यहि स्थिति रह्यो ।’

कार्यक्रममा हाँसोको फोहोरा उठ्यो ।

त्यसपछि लेखकले इमान्दार जवाफ दिए । उनले भने, ‘केटीहरुसित मेरो कहिल्यै निकटता नरहेकाले म महिला केन्दि्रत विषयमा न्याय गर्न सक्दिन भन्ने लाग्छ । न्याय गर्न सकिँदैन भने त्यो विषयलाई छुनु पनि हुँदैन । विषय चलाएर बिटुल्याउने काम मात्रै हुन्छ ।’

‘निश्चलको भनाई पनि यहि होला’ कार्यक्रमस्थलमै रहेका निर्देशकतिर हेर्दै उनले भने ।

फेरि आफैं भने, ‘हो रे ।’

‘बर्थडे ब्वाइ’बाट विमोचन

फिरफिरे उपन्यास विमोचनका लागि फरक तरिका अपनाइयो । कार्यक्रम स्थलमा उपस्थित मध्येबाट आज जन्मिदिन परेका व्यक्तिलाई बोलाएर विमोचन गराइएको थियो । लेखकसँगै उभिएर पुस्तक विमोचन गर्न पाउने भाग्यमानी एक युवकले पुस्तक पनि उपहार पाए ।

पाँच वर्षपछि बुद्धिसागर

एउटै किताबको लामो समयसम्म ब्याज खाइरहेका लेखक हुन् वुद्धिसागर । उनले पहिलो उपन्यास कणर्ाली ब्लुज लेखेपछि दोस्रो किताब लेख्न पाँच वर्ष लगाए ।

Firfire, Buddhisagarदोस्रो किताब लेख्न यति लामो समय लगाउनुको कारणबार उदघोषिका शिवानीले सोधिन्, ‘पहिलो किताब लोकपि्रय भएका लेखकको दोस्रो किताब फ्लप हुने गरेको पाइन्छ । तपाईंमा पनि यहि लागू हुने हो कि ?’

बुद्धिसागरले यो आफ्नो दोस्रो नभएर तेस्रो उपन्यास भएको जवाफ दिए । उनले भने, ‘दोस्रो उपन्यास पाण्डुलिपीबाट माथि उठ्नै सकेन । आफैंलाई चित्त नबुझेपछि लेखेर सिध्याएको पाण्डुलिपी च्यातेर तेस्रो उपन्यास लेखेको हो ।’

कथा आफ्नै कि अरुको ?

छोटो र मिठो लेखनशैलीका लागि चर्चित छन् बुद्धिसागर । यद्यपि उनीमाथि आरोप छ, सँधै आफ्नो बाल्यकालका स्मृतिहरु मात्रै लेख्छन् । कर्णाली ब्लुजलाई उपन्यास भनिए पनि धेरै जसो उनको बाल्यकालका सत्य घटनामा आधारित थिए । उनको दोस्रो/तेस्रो उपन्यासमा तराईको जनजीवनमा आधारित रहेको बताइएको छ ।

यसमा पनि उनले आफ्नै जीवनका रहलपहल स्मृतिहरु बिछ्याएका छन् कि नयाँ कुरा छन् भन्ने थाहा पाउनलाई किताबै पढ्नुपर्ने छ । यद्यपी, फिरफिरेका विषयमा शिवानीले एउटा खुलासा भने कार्यक्रममा गरिदिएकी छिन्, कि यसको कथा २०५३ सालमा आएर टुंगिन्छ । यो पुस्तकलाई फाइन पि्रन्टले बजारमा ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment