+
+
Shares

जसपाकाे महन्थ–राजेन्द्र पक्षका सांसदहरु भक्तपुरको रिसोर्टमा

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ३० गते १५:०१

३० वैशाख, काठमाडौं । जनता समाजवादी पार्टीको महन्थ ठाकुर– राजेन्द्र महतो पक्षले आफ्नो पक्षका सांसदलाई भक्तपुरको एक रिसोर्टमा पुर्‍याएको छ ।

सांसदहरुलाई बैठकका लागि भन्दै भक्तपुरको रिसोर्ट लगिएको हो । रिसोर्टमा पुगेका एक सांसदले बैठकका लागि आएको अनलाइनखबरसँग बताए ।

अध्यक्ष ठाकुर र महतोले बिहीबार बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेका थिए । लगत्तै सांसदहरुलाई पार्टी कार्यालयमा बोलाएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई बहुमतको सरकार गठनका लागि बिहीबार बेलुका ९ बजेसम्मको समय दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?