Comments Add Comment

ओली पुन: चतुर सावित भए : बाबुराम

३० वैशाख, काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा प्रधानमन्त्री केपी शर्मा ओली पुन: चतुर सावित भएको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्रीबाट ओली पदमुक्त भएपछि बहुमतको सरकार गठन गर्न राष्ट्रपतिले दिएको समयमा विपक्षी दल सरकार गठन गर्ने बहुमत जुटाउन असफल भएपछि उनले यस्तो टिप्पणी गरेका हुन् ।

भट्टराईले जनतालाई कोरोना आतंकबाट राहत दिनसक्ने वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरू चुक्नु विडम्बनापूर्ण भएको पनि बताएका छन् ।

‘सिद्धान्तहीनता, खुराफात, किनबेचमा पतन भएको नेपाली राजनीतिमा ओली पुन: चतुर सावित भएका छन् । अदालत, संसद, मिडिया, आम जनताले तिरस्कार गरेका ओलीको विकल्प खोज्नैपर्छ’ उनले ट्विटरमा लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment