Comments Add Comment

कोरोना संक्रमणबाट एकै दिन २१४ जनाको मृत्यु

३० वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट २१४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिउँसो नेपाली सेनाले व्यवस्थापन गरेको शवको आधारमा सो मृत्यु संख्या सार्वजनिक गरेको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार हजार ४६६ पुगेको छ ।

पछिल्लो केही दिनयता कोरोना संक्रमितको मृत्यु अत्यधिक बढेको छ । मंगलबार एकै दिन २२५ जना र बुधबार १६८ जनाको मृत्यु भएको थियो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९ हजार ४७४ पीसीआर र ७७१ एन्टिजेन परीक्षणमा आठ हजार ९६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमितको संख्या चार लाख ३१ हजार १९१ जना पुगेको छ ।

सक्रिय संक्रमितको संख्या एक लाख पाँच हजार २०७ पुगेको छ । तीमध्ये ९६ हजार ३७९ जना होम आइसोलेसनमा र आठ हजार ८२८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोेलेसनमा रहेकामध्ये एक हजार ३८१ जना आईसीयूमा र ३८० जना भेन्टिलेटरमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या पाँच हजार ५५ रहेको छ । हालसम्म संक्रमण मुक्त हुनेको संख्या तीन लाख २१ हजार ५१८ रहेको छ ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा २७३३, रूपन्देहीमा ५११, ललितपुरमा ४८१, कैलालीमा ३७०, मोरङमा ३५८ र भक्तपुरमा ३४८‍ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै चितवनमा २९३, झापामा २५८, बाँकेमा २५२, कास्कीमा २३७, दाङमा २१७, धनुषामा २०४, कञ्चनपुरमा १८२, काभ्रेपलाञ्चोकमा १६०, सुर्खेतमा १५९, सल्यानमा १४३ र नवलपरासी पूर्वमा १२९ जना संक्रमित थपिएका छन् ।

यस्तै पर्सामा ९९, सप्तरी र गोरखामा ९२/९२ जना, बैतडीमा ८९, महोत्तरीमा ८५, धादिङमा ७८, सिन्धुपाल्चोक ७४, रामेछापमा ६७, रौतहटमा ६६, रोल्पामा ६३, पाल्पामा ६२ र कपिलवस्तुमा ५३ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै अछाममा ४९, सिन्धुलीमा ४५, रूकुम पश्‍चिममा ४२, डडेल्धुरामा ३८, नवलपरासी पश्‍चिममा ३५, दैलेखमा ३४, नुवाकोट र तनहुँमा ३१/३१ जना, अर्घाखाँचीमा २६, प्युठान र कालिकोटमा २४/२४ तथा उदयपुर, सर्लाही र सिरहामा २३/२३ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै स्याङ्जामा २२, बारामा २१, ताप्लेजुङमा १८, धनकुटामा १७, जुम्लामा १४, गुल्मी र डोटीमा १३/१३ जना, रसुवा र लमजुङमा ११/११ जना, भोजपुरमा १०, इलाम र बागलुङमा ८/८ जना, मकवानपुरमा ६, जाजरकोटमा ५, दार्चुलामा ४ तथा पर्वत र म्‍याग्दीमा ५/५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै दोलखामा ७ र ओलखढुंगा, खोटाङ, पाँचथर,डोल्पा, हुम्ला र बझाङमा २/२ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै ९ वर्षमुनिका २०८ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने १० देखि १९ वर्ष उमेर समूहका ६२५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment