Comments Add Comment

नेपाल-पौडेल भेटपछि ओलीले बोलाए स्थायी कमिटी बैठक

३० वैशाख, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

पछिल्लो राजनीतिक अवस्थासहित माधव नेपाल पक्षलाई गरिएको कारबाही फुकुवालगायतका एजेण्डासहित बैठक बसेको एक नेताले बताए ।

स्थायी कमिटी बैठकअघि महासचिव विष्णु पौडेलले नेता नेपाललाई भेटेर छलफल गरेका थिए । सो छलफलमा भएका विषय सार्वजनिक भएका छैनन् । यद्यपि यो भेटलाई एमालेको आन्तरिक एकता मजबुत बनाउने प्रयासको रुपमा हेरिएको छ ।

गत सोमबारको संसद बैठकमा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाएपछि राष्ट्रपतिले बहुमतको सरकार गठन गर्न दलहरुलाई दिएको तीनदिने म्याद आज सकिंदै छ । आज राति नौ बजेसम्म पनि दलहरुले बहुमतसहित दाबी नगरेमा संसदको सबैभन्दा ठूलो दलको नेताको हैसियतले ओली नै प्रधानमन्त्री बन्नेछन् ।

कांग्रेस, एमाले र जसपासहितको विपक्षी गठबन्धनलाई नयाँ सरकार गठनका लागि आवश्यक संख्या अपुग छ । ओलीविरुद्ध जसपा एकढिक्का नभएको अवस्थामा एमालेको असन्तुष्ट माधव नेपाल पक्षका सांसदले राजीनामा नदिएसम्म विपक्षी गठबन्धनको बहुमत नपुग्ने पक्का छ ।

त्यसैले ओली पक्षका नेताहरु माधव नेपाललाई एमालेमै रहिरहने वातावरण बनाउन प्रयासरत छन् । नयाँ सत्ता गठबन्धनको बहुमत नपुगेको अवस्थामा देश चुनावमा जाने संकेतहरु देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment