Comments Add Comment

‘बीग बोस ९’को उपाधि प्रिन्सलाई, जिते लगातार ३ वटा रियालिटी शो

big-boss-9
भारतीय टेलिभिजनमा प्रशारण हुने चर्चित रियालिटी शो ‘बीग बोस ९’को उपाधी प्रिन्स नरुलाले जितेका छन् । अन्तिम प्रतिस्पर्धीको रुपमा चार जना थिए । रोशेल राव, मन्दना करिमी, प्रिन्स नरुला र रिसभ सिन्हाको विचमा अन्तिम प्रतिस्पर्धा भएको थियो । प्रिन्सले पहिलो स्थान सुरक्षित गरे भने रिसभ दोस्रो भए । मन्दना करिमीले तेस्रो स्थानमा चित्त बुझाउनु पर्‍यो भने रोशेल राव चौथो भइन् ।

कार्यक्रमको सुरुवातदेखि नै प्रिन्सको चर्चा खुबै भएको  थियो । तर, उनलाई टक्कर दिनका लागि घर भित्र आएका वाइल्ड कार्ड इन्ट्री रिसभ र प्रियाले कुनै कसर बाँकी राखेनन् । प्रिन्सले यो सँगै लगातार ३ वटा रियालिटी शो पनि जितेका छन् । धेरैले रिसभ र मन्दना विजेता बन्नुपर्ने तर्क पनि राखेका छन् । तर, सर्वाधिक धेरै भोट पाएर प्रिन्सले उपाधी जिते ।

शोको समापान विषेश थियो । ‘बीग बोस ९’ विजेता घोषणा कार्यक्रम संचालक सलमान खानले गरेका थिए । कार्यक्रमा नायिका कट्रिना कैफ पनि पुगेकी थिइन् । उनी आफ्नो नयाँ चलचित्र ‘फितुर’को प्रमोशनका लागि कार्यक्रममा सहभागी भएकी थिईन् । कार्यक्रमलाई भब्य बनाउन थुप्रै फिल्मी हस्तिलाई मञ्चमा बोलाइएको थियो ।

९ अक्टुवरदेखि सुरु भएको यस रियालिटी शो को टीआरपीका विषयमा पनि केही टिका टिप्पणी भयो । कतिपयले ९ औं संस्करणको कार्यक्रम फिक्का भएको टिप्पणी समेत गरे ।

यसपटकको ‘बिग बोस’ बिजेताले ट्रफी सहित ३५ लाख भारु पाएका छन् । यही शो मार्फत साहरुख खान र सलमान खानको सम्बन्ध अझ गहिरो भएको थियो । यो शोको सिजन १० देखि आम सर्वसाधारणले पनि सहभागीता जनाउन पाउने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment