Comments Add Comment

अर्को हप्ता निजी कारलाई तेल वितरण गर्ने तयारी

Petrol Line 2
१० माघ, काठमाडौं । नेपाल आयल निगमले काठमाडाैंमा अर्को हप्ता निजी  चारपांग्रे सवारीलाई पेट्रोल वितरण गर्ने तयारी गरेको छ ।

निगमले अहिले निजी मोटरसाइकललाई पेट्रोल वितरण गरिरहेको छ । भाेलि सोमबार ५१ भन्दा माथिका लटका मोटरसाइकललाई बाँडेपछि मौज्दात बढाएर निजी कार तथा जीपलाई पनि तेल बाँडिने निगम प्रवक्ता मुकन्द घिमिरेले अनलाइनखबरलाई जानकारी दिए ।

‘यसै साता कारलाई पेट्रोल दिन सकिँदैन’ घिमिरेले भने-‘कम्तीमा थानकोट डिपोमा पेट्रोलको मौज्दात १५ लाख लिटर बनाएर मात्रै वितरण गरिनेछ ।’

निगमले दैनिक ३ लाख लिटर पेट्रोल काठमाडौं ल्याउने योजना बनाएको छ । निगमले क्षेत्रीय डिपोहरुलाई कोटा तोकेर काठमाडौंमा आपूर्ति बढाउन निर्देशन दिइसकेको छ ।

आपूर्तिलगत्तै निगमले अर्कोसातादेखि निजी कारलाई लटका आधारमा पेट्रोल वितरण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment