
३० वैशाख, काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी श्री एयरलाइन्सले काठमाडौंबाट थाइल्याण्डमा उद्धार उडान गर्ने भएको छ । यो उडानमा विदेशी नागरिक रहने बताइएको छ ।
त्रिभुवन विमानस्थल कार्यालयका अनुसार शुक्रबारका लागि निर्धारित यो उडान उद्धार र कार्गोका लागि हुने गरि अनुमति लिइएको छ ।
अर्थात् जहाजले नेपालबाट यात्रु लगेर जाने र र्फकदा कार्गो लिएर आउने छ । शुक्रबार हिमालय एयरलाइन्सको जहाज चीनको कुनमिङ जाने भएको छ ।
हिमालयले अहिले चीनबाट निजी क्षेत्रले भित्राएका सामान बोकिरहेको छ । शनिबार भने नेपाल एयरलाइन्सको जहाज ओमन जाँदैछ । नेपाल एयरलाइन्सले चीनबाट अक्सिजन सिलिण्डर ल्याउन निरन्तर उडानको तयारी समेत गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4