Comments Add Comment

नेपालमा रोकिएका भारतीयलाई साउदी पुर्‍याउन नेवानि र हिमालयलाई अनुमति

३० वैशाख, काठमाडौं । नेपालमा रोकिएका भारतीय नागरिकलाई साउदी अरेबिया पुर्‍याउन सरकारले नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सका लागि चार्टर्ड उडानको अनुमति दिएको छ ।

प्राधिकरणका अनुसार यो उडान नेपालस्थित भारतीय दूतावासको अनुरोधमा हुन लागेको हो । भारतीय नागरिकले सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरी टिकट काट्न सक्ने भएका छन् ।

काठमाडौंबाट नेपाल एयरलाइन्सले रियाद र हिमालय एयरलाइन्सले जेद्दाका लागि उडान गर्ने गरी अनुमति पाएका हुन् । काठमाडौंमा निषेधाज्ञा अगाडि आएर यतै अड्किएका भारतीयका लागि यो सुविधा दिइएको हो ।

अहिले भने नेपालमा ट्रान्जिट बनाई विदेश जान बन्द गरिएको छ । नेपालमा अन्तर्राष्ट्रिय उडान १७ जेठसम्म बन्द भएसँगै विदेशी नागरिकलाई घर फर्काउने प्रयोजनका लागि दूतावासहरुले पहल गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment