Comments Add Comment

बैंकले अत्यावश्यक बाहेकका सेवा नदिने

डिजिटल कारोबार गर्न आग्रह

३० वैशाख, काठमाडौं । बैंकहरुले अबदेखि अत्यावश्यक बाहेकका सेवामात्रै दिने भएका छन् । क वर्गका बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स संघले बिहीबार विज्ञप्ति जारी गर्दै डिजिटल कारोबार गर्न आग्रह गरेको छ ।

बैंकले ५० हजार भन्दा माथिको रकम जम्मा गर्नमात्रै बैंकमा आउन आग्रह गरेको छ । यसबाहेक खाताबाट नगद झिक्ने, रेमिट्यान्स, आरटीजीएस र अन्तर्राष्टिय व्यापार सम्बन्धी सेवा मात्रै दिने निर्णय गरेको छ । यस बाहेकका कामहरुका लागि डिजिटल कारोबार रोज्न संघको आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment