Comments Add Comment

प्रेम दिवसमा प्रियंकादेखि आस्था वीले दुबई तताउने

valintin night
रामप्रसाद ढुंगेल/मोहन बस्याल
यूएइमा रहेका नेपाली समुदायको यसपटकको प्रेम दिवस पूर्णरुपमा सांगीतिक हुने निश्चित छ । यूएइमा रहेका मदन अधिकारी, समिम खान र रमेश क्षितिज जस्ता उत्साही युवा समूहले आयोजना गरेको ‘भ्यालेन्टान्न नाइट-२०१६’ का कारण यहाँका संगीतप्रेमी नेपालीहरु तथा प्रेमी जोडीहरुमा उत्साह भरिएको छ ।

माया गर्नेहरुको लागि विश्वमै चर्चित रहेको प्रेम दिवसमा नेपाली कलाकारसँग सांगीतिक कार्यक्रममा सहभागी हुनुको मज्जा नै बेग्लै हुन्छ । यसैले आयोजकले यस्तो मौका नगुमाउन सबैलाई आग्रह गरेको छ ।

यूएइको नेपाली कम्युनिटीमा सांगीतिक माहोल दिनानुदिन बढिरहेका बेला ‘भ्यालेन्टाइन नाइट-२०१६’ नामक सांगीतिक धमाका आगामी फेब्रुवरी १२ को साँझमा दुबइमा आयोजना हुन लागेको हो ।

नेपालको चर्चित इभेन्ट कम्पनी ‘ग्रीस्मा इन्टरटेन्मेन्ट’को प्रस्तुतिमा हुने कार्यक्रमलाई भव्य, सभ्य तथा मनोरञ्जनात्मक बनाउन अहिलेका चर्चित कलाकारहरुलाई क्रियटिभ युथ नेपालले दुबई उतार्ने भएको छ । कार्यक्रममा चर्चित गायक प्रमोद खरेल, हाँस्यकलाकार जितु नेपाल, गायिका आस्था बी राउत, सञ्चारकर्मी नरेश भट्टराई, गायिका तथा गीतकार सम्वृद्धी राई र नायिका प्रियंका कार्कीको विशेष प्रस्तुति रहने छ ।

युएइमा कलाकारितामा परिचित बन्दै गएका क्यारिकेचरमा पोख्त कलाकार रमेश क्षितिज तथा डीजे फरेको आकर्षक प्रस्तुती रहने आयोजक मदन अधिकारीले बताएका छन् ।

दुबइको देरामा स्थित पाँचतारे होटल एसियानाको बोराके नाइट्स क्लबमा साँझ ४ बजेदेखि सुरु हुने कार्यक्रम मनोरन्जनात्मक रहने आयोजकको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment