Comments Add Comment

संविधान संशोधन धोका होः थरुहट

Tharu Metting

फाइल फोटो

११ माघ, काठमाडौं । थरुहट-थारुवान संयुक्त संघर्ष समितिले संविधान संशोधनले आफ्नो माग सम्बोधन नभएको बताएको छ । साथै उसले आन्दोलनलाई थप सशक्त बनाउने बताएको छ ।

संघर्ष समितिका संयोजक एवं धनिराम चौधरीले सोमबार जारी गरेको विज्ञप्तिमा संशोधनहरुले थारु र थरुहट आन्दोलनको मूल मर्म र मागलाई सम्बोधन नभएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ-सरकार र प्रमुख राजनीतिक पार्टीहरुसँग वार्तारत भइरहेको अवस्थामा एकतफिर् ढंगले दुई तिहाई बहुमतको अंहकारमा संवाद र सहमति नगरी संशोधन गरिनु अलोकतान्त्रिक र धोका हो ।’

संघर्ष समितिले सहमतिका आधारमा आफूले अघि सारेको १३ बुँदे माग सम्बोधन गर्न र संविधान संशोधन गर्न माग गरेको छ । संघर्ष समितिले आन्दोलनका क्रममा आफ्ना नेता कार्यकर्तामाथि लगाएको मुद्धा फिर्ता लिन समेत माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment