Comments Add Comment

लगानी बोर्डले माग्यो हावाबाट बिजुली निकाल्ने विस्तृत प्रतिवेदन

Lagani-board-meeting

११ माघ, काठमाडौं । लगानी बोर्डले हावाबाट बिजुली निकाल्न प्रस्तावक कम्पनीसँग विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) माग गर्ने निर्णय गरेको छ ।

द गोर्खाज युके लिमिटेडले ३ हजार मेगावाट बायु बिजुली उत्पादन गर्ने भनी बोर्डमा प्रस्ताव लगेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्षतामा आइतबार बसेको बोर्डको २१ औं बैठकले पूर्व सम्भाब्यता अध्ययन प्रतिवेदनलाई आधार बनाएर द गोर्खाज युके लिमिटेडलाई ३ महिनाभित्र डीपीआर बुझाउन समय दिने निर्णय गरेको छ ।

अब कम्पनीले हावाबाट बिजुली निकाल्ने गरी बन्ने परियोजनाबारे सरकारलाई विस्तृत प्रतिवेदन बुझाउनेछ ।

बैठकले वायु उर्जामा खुला प्रतिस्पर्धाको सम्भावनाबारे अध्ययन गर्न लगानी बोर्डको कार्यालयलाई निर्देशन पनि दिएको छ ।

यसैगरी काठमाडौंका मोनो रेल सञ्चालनका लागि आएका प्रस्ताव लगानी बोर्डमार्फत नै आउने व्यवस्था गर्न मन्त्रिपरिषद्मा लैजाने निर्णय पनि भएको छ ।

बोर्डले ६ सय ५० मेगावाटको तामाकोशी तेस्रोबाट नर्वेजियन स्क्राफ्ट होल्डिङ कम्पनीलाई बाहरिने अनुमति दिने र आयोजना कुन मोडलमा बनाउने भन्ने अध्ययन गर्न बोर्डको कार्यलयलाई निर्देशन दिने निर्णय पनि गरेको छ । तामाकोशी तेस्रोको निर्माण मोडालिटीबारे ३ महिनाभित्र अध्ययन प्रतिवेदशन पेश हुनेछ ।

यस्तै पश्चिम सेती जलविद्युत आयोजनामा नेपाल विद्युत प्राधिकरण र चाइना थ्री गर्जेजबीच संयुक्त लगानी गर्ने विषयमा सहमति गर्न ढिलाई हुनुको कारण पेश गर्न उर्जा मन्त्रालयलाई निर्देशन पनि दिइएको छ ।

बैठकले विकास परियोजनामा सट्टा भर्ना गर्नुपर्ने जग्गा, वातावरणीय प्रभाव मूल्यांकन, पूरक वातावरणीय परीक्षलाई समयानुकुल सुधार गर्न एक सच्च स्तरीय कमिटी गठन गर्ने निर्णय गरेको छ ।

यसैगरी माथिल्लो कर्णणली आयोजनाका प्रभावित क्षेत्रका स्थानीयलाई दिने सेयरका विषयमा उर्जा मन्त्रालयमार्फत प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने सहमति पनि भएको बोर्डले जारेको विज्ञप्तीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment