Comments Add Comment

‘पशुपति प्रसाद’को गर्भधारण मैले गरेको हुँः खगेन्द्र लामिछाने

pashupati-prasad
खासमा पशुपति प्रसाद नामक चलचित्रको गर्भधारण गर्ने मनिस खगेन्द्र लामिछाने हुन् । निर्देशक दीपेन्द्र के खनालको एउटा सोचलाई मन पराएपछि खगेन्द्रले त्यसलाई आफ्नो दिमागमा राखेर चलचित्र जन्माएका थिए । अनलाइनखबरसँग कुरा गर्दै लामिछानेले भने-‘खासमा यसको गर्भधारण मैले गरेको हुँ ।

दीपेन्द्र खनालसँग भएको आइडियालाई मैले कथामा ढालेको हुँ ।’ निर्देशक खनालले सोचेको सोचलाई कथामा नउतार्दै खगेन्द्रलाई लागेको थियो, यो बिषयमा चलचित्र राम्रो बन्छ ।

नाम सुन्दा धेरैले यसलाई धार्मिक फिल्म हो कि भन्ने सोचेका छन् । तर, खगेन्द्र यो फिल्मलाई धर्मसँग कतैबाट पनि जोड्न नमिल्ने बताउँछन् । उनले भने-‘पशुपतिनाथलाई धार्मिक आस्थाले हेरिने भएकाले पनि हुनसक्छ । तर, यो धर्मसँग मेल खाने फिल्म होइन । त्यो पेरिफेरिमा बस्ने पात्रको कथा हो ।’

‘टलक जंग भर्सेस टुल्के’ र ‘पशुपति प्रसाद’मा काम गर्दा आफूलाई रमाइलो भएको उनले सुनाए । तर, एक अर्कासँग तुलना गर्न नसक्ने उनले सुनाए । उनले भने-‘एउटा कलाकार भएपछि नयाँ नयाँ खालका पात्र भएर काम गरिन्छ । फरक-फरक अनुभव पनि हुन्छ । म दुई चलचित्रमा तुलना गर्न सक्दिन । टुल्केको महत्व र त्यसको भोगाई फरक छ ।’

‘टुल्के’ नामले चिनिएका खगेन्द्र अब आफूलाई ‘पशुपति प्रसाद’ भनेर चिनाउन चाहन्छन् । उनले अनलाइनखबरसँग भने-‘मानिसको आकर्षण टुल्केप्रति बढेको छ । अब, त्यो मेटाएर पशुपति प्रसाद बनेर छिर्न चाहन्छु । मलाई विश्वास छ, म पशुपति प्रसादपछि यही नामले चिनिनेछु ।’

उनले आफूले काम गरेका चलचित्रलाई प्रयोगात्मक भन्न नै नमिल्ने बताए । सबै चलचित्रको कथा भन्ने आ-आफ्नै शैली हुन्छ भन्ने खगेन्द्र ‘पशुपति प्रसाद’को कथा भन्ने शैली पनि फरक भएको बताउँछन् ।

माघ १५ गते अर्थात शुक्रबारबाट प्रदर्शनमा आउने यो चलचित्रमा खगेन्द्र लामिछाने र बर्षा सिवाकोटी मुख्य भूमिकामा छन् । करिब दुई सातासम्म पशुपति क्षेत्रमा यो चलचित्रको छायांकन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment