Comments Add Comment

मलेसियामा गैरकानुनी नेपालीले वैध भएर पुनः काम गर्न पाउने

Datuk-Seri-Najib

क्वालालम्पुर । मलेसियामा गैरकानुनी हैसियतमा रहेका नेपाली कामदारले वैध भएर पुनः रोजगारी गर्न पाउने भएका छन् ।  गैरकानुनी आप्रवासी कामदारलाई वैधता (श्रम स्वीकृति) पछि पुनः रोजगारी दिने कार्यक्रम लागू गर्न सरकार सहमत रहेको प्रधानमन्त्री नाजिबले बताएका छन् ।

सन् २०१६ को संशोधित बजेट भाषणमा अर्थमन्त्री समेत रहेका प्रधानमन्त्री नाजिबले यस्तो बनाएका हुन् ।  औद्योगिक क्षेत्रमा भएको माग पूर्ति गर्न र सुरक्षाका हिसाबले पनि गैरकानुनी कामदारको खोजी गर्नका लागि उक्त अवसर दिन लागिएको हो ।

यो कार्यक्रम लागू भएमा यहाँ गैरकानुनी अवस्थामा रहेका रहेका हजारौं नेपालीले वैधानिकता लिएर रोजगारी गर्न पाउनेछन् । गैरकानुनी कामदारका लागि अवसर मानिएको यो कार्यक्रम कहिलेदेखि सुरु हुने हो भन्ने बारे भने केही खुलाइएको छैन ।

यस्तै कामदार वैध हुन पूरा गर्नुपर्ने प्रक्रिया एवं शुल्क र समयावधिबारे पनि बताइएको छैन ।

मलेसियाले यसअघि पनि आममाफी एवं बैधानिकता लिने अवसर दिएको थियो । यद्यपी अझैपनि लाखौं विदेशी कामदार गैरकानुनी अवस्थामा रहेको अनुमान छ ।

मलेसियाले विदेशी कामदारको व्यवस्थापन प्रणालीलाई चुस्त बनाउन कामदारबाट लिँदै आएको लेबी नीतिलाई परिवर्तन गर्ने भएको छ ।

यसका लागि विभिन्न दुईवटा शल्क निर्धारण गर्न लागिएको छ । यो घरेलु कामदारको हकमा भने लागू हुने छैन ।

मलेसियाले श्रमसँग सम्बन्धित विभिन्न ८ वटा कानुनको संशोधन गर्ने तयारी गरेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment