Comments Add Comment

पर्साका सिडिओको भारतीय समकक्षीसित वार्ता

१५ माघ, काठमाडौं । शुक्रबार बिहान केहिबेर खुलेर गाडी आउजाउ भएको वीरगञ्ज नाका फेरि पुरानै अवस्थामा फर्केको छ । बिहान भारतबाट ५ मालवाहक गाडी नेपाल भित्रिएका थिए भने नेपालबाट चार खाली गाडीहरु भारत गएका थिए । तर, त्यस पछाडि गाडी आउजाउ शून्य छ ।

Keshab Raj Ghimire, CDO, Parsaपर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले भारतीय समकक्षीसित नाका खोल्ने विषयमा दिउसो टेलिफोन वार्ता गरेका छन् ।

वार्तामा प्रजिअ घिमिरेले उताबाट गाडी पठाउन खोजिएको भए यताको सुरक्षा प्रवन्ध मिलाउने प्रस्ताव गरेका थिए ।

‘केन्द्रमा बुझेर जानकारी गराउछौं भन्ने जवाफ आएको छ,’ घिमिरेले भने ।

उनले एकैचोटी नाका खोल्नुको साटो विस्तारै विस्तारै खुकुलो पार्दै लैजान खोजिएको समेत अनुमान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment