Comments Add Comment

बक्स अफिसः २ दिनमा ‘पशुपति प्रसाद’को कमाइ ४२ लाख ग्रस

khagendra-lamichane
समिक्षकको राम्रो तारिफ पाएको चलचित्र ‘पशुपति प्रसाद’ले शुक्रबार र शनिबार देशभरका हलमा औषत व्यापार गरेको छ । चलचित्रले २ दिनमा देशभरका करिब ६० पर्दाबाट ४२ लाखको ग्रस कलेक्शन गरेको वितरक पपर्कन पिक्चर्सले जानकारी दिएको छ । पपकर्नका एक सदस्य माधव वाग्लेका अनुसार चलचित्रले काठमाण्डौमा २ दिनमा २५ लाख र काठमाण्डौ बाहिरबाट १७ लाखको कमाई गरेको छ । यो व्यापार आशा गरेको भन्दा धेरै कम हो ।

काठमाण्डौका मल्टिप्लेक्सदेखि सिंगल थिएटरमा शनिबार बेलुकीबाट व्यापार केही माथि देखिएको माधवको भनाई छ । उनले काठमाण्डौ बाहिर पनि शनिबार सबै ठाउँमा उही खालको व्यापार भएको बताए । उनले भने-‘कुनै शहरमा राम्रो र कुनैमा नराम्रो भन्ने छैन । हरेक स्थानमा उस्तै व्यापार छ ।’

आइतबारबाट चलचित्रको व्यापार माउथ पब्लिसिटीका कारण केही बढ्ने अपेक्षा वितरण कम्पनीको छ । दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको यो चलचित्रमा खगेन्द्र लामिछाने र बर्षा सिवाकोटीको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment