+
+

ऋचाको गालामा कसरी भयो घाउ ?

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ १८ गते ८:४०

richa-sharma

काठमाडौं । चलचित्र ‘को आफ्नो’ मा मुख्य भूमिका निर्वाह गरेकी नायिका ऋचा शर्माको लुक्सको वारेमा सबै भन्दा धेरै चर्चा हुन्छ अचेल । अनिल थापा निर्देशित उक्त चलचित्रमा ऋचाले निम्न आय भएको एउटा ग्रामिण महिलाको भूमिका निर्वाह गरेकी छिन् ।

यस चलचित्रमा उनको लवाई, हिंडाई बोल्ने शैलि फरक छ । अनुहारभरी दादुराको खत देखिन्छ भने दाँत पनि मिलेको छैन । खासमा ऋचा शर्मा ‘को आफ्नो’को टे्रलरमा देखिए जस्तो नराम्री छैनन् । चिटिक्क परेकी ऋचा कसरी यस्ति देखिइन् होला ? ऋचा भन्छिन् ‘मलाई मेकअपले यस्तो देखाएको हो ।’

स्त्रिmप्ट पढ्ने बित्तिकै उनले थाह पाइन् । म कस्तो चरित्र निर्वाह गर्दैछु । स्क्रिप्टमा लेखिएको चरित्र अनुरुप पर्दामा प्रस्तुत हुनका लागि हरेक दृष्यमा कम्तिमा डेढ घण्टा मेकअप गर्नु पथ्र्यो ।

एउटा दृष्यका लागि मेकअपमा कतिसम्म समय लाग्छ उनलाई मोटामोटी थाह थियो । त्यसकारण झर्को मानिनन् । सुटिङ सकिएपछि भने अलिकति बोर भयो । भन्छिन ‘मेकअपमा प्रयोग भएको केमिकलले मेरो त छालै बिग्रिएछ दुई महिना जति औषधी खानु पर्यो ।’

सुटिङ सकिए लगत्तै उनले छाला रोग विषेशज्ञ डक्टरलाई जँचाएर घाउ ठीक पार्न औषधी खानु परेको थियो ।

Richa sharma  2

बाहुनी बन्न गाह्रो रै’छ

ऋचा ब्राम्हण परिवारकी सदस्य हुन् । ‘को आफ्नो’मा उनले बाहुनीकै चरित्र निर्वाह गरेकी छिन् । तर, बाहुनी बन्न गार्‍हो भएका अनुभव छ उनीसँग । ऋचा भन्छिन् ‘टलकजंग भर्सेज टुल्केमा कमैया थरुनी बन्दा धेरै सजिलो भएको थियो तर, यसपाली बाहुनी बन्न गार्‍हो भयो ।

टुल्केमा फूली भनेर चिनिएकी ऋचाको यो फिल्ममा नाम छैन । यसमा उनलाई कबिनको आमा मात्रै भनिएको छ । यस चलचित्रमा शुसांक मैनाली, राजन खतिवडा, मेनुका प्रधान,सुभाष थापा लगायतका कलाकारले अभिनय गरेका छन् । आउदो फागुन ७ गतेदेखि प्रदर्शन हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?