+
+

भारतविरुद्ध नेपालको ब्याटिङ सुरु

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ १८ गते ८:५५

Nepal Vs India U19Wc

१८ माघ, काठमाडौं । बंगलादेशमा जारी यू-१९ विश्वकप क्रिकेट अन्तर्गत भारतविरुद्धको खेलमा नेपालले टस हारेर ब्याटिङ सुरु गरेको छ ।

बाक्लो हुस्सु लागेको र पिच चिसो भएकाले निर्धारित समयभन्दा केही ढिलो खेल सुरु भएको हो । विहान पौने ९ बजेदेखि सुरु हुने भनिएको खेल सवा ९ बजेसम्म सारिएको हो । ओसिलो पिचका कारण नेपाललाई ब्याटिङ गर्न केही अप्ठेरो हुनसक्ने छ ।

न्यूजिल्याण्ड र आयरल्याण्डलाई पराजित गर्दै नेपाल दोस्रो चरणमा पुगेको हो । भारतविरुद्धको खेलमा नेपाल उच्च मनोबलका साथ मैदान उत्रिएको छ । नेपालभन्दा तुलनात्मक बलियो भारत आज जित्नैपर्ने दबावमा छ ।

(तस्वीर: आईसीसी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?