+
+

फेसबुकमा छिटै लाइभ स्ट्रिमिंग

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ १८ गते ११:०७

live

इन्टरनेटमा लाइभ स्ट्रिमिंगको बजार तात्तिँदै गएको छ । सोसल नेटवर्किंग साइट फेसबुक पनि अब छिटै लाइभ स्ट्रिमिंगको बजारमा पदार्पण गर्ने तयारीमा छ ।

पेरिस्कोप तथा मिरक्याट जस्ता लाइभ स्ट्रिमिंग सेवाहरु जस्तै फेसबुकले पनि आफ्ना प्रयोगकर्ताहरुलाई लाइभ स्ट्रिमिंग प्लेटर्फमको प्रयोग गर्ने सुविधा प्रदान गर्न लागेको हो ।

लाइभ ब्रोडकास्ट गर्ने यस्तो सर्भिसको प्रयोग निकै सजिलो हुन्छ । तपाइँ कुनैपनि घटना वा इभेन्टको भिडियो विश्वलाई देखाउन सक्नुहुन्छ ।

आफ्ना प्रयोगकर्ताहरुले धेरै भन्दा धेरै समय फेसबुकको यो लाइभ प्लेटर्फममा बिताउन् भन्ने चाहना फेसबुकको छ । र, लाइभ ब्रोडकास्ट सेवा यसको लागि निकै उत्तम विकल्पको रुपमा हेरिएको छ ।

फेसबुकको यो सेवा हाल अमेरिकामा सुरु भएको छ र आगामी केही हप्तामै अन्य देशमा पनि सुरु हुने बताइएको छ ।

यो लाइभ ब्रोडकास्ट सुविधालाई तपाइँ अलग अलग तरिकाले प्रयोग गर्न सक्नुहुन्छ । तपाइँको परिवारमा यदि कुनै समारोह भयो भने पनि तपाइँ सबै सामु वा आफ्नो ग्रुप मात्रको लागि पनि ब्रोडकास्ट गर्न सक्नुहुनेछ ।

पछिल्ला केही महिनामा फेसबुकले केही सेलिब्रेटीका लागि यो सेवा प्रयोग गर्न दिइरहेको छ ।

लाइभ ब्रोडकास्ट सेवाको संचालन पछि फेसबुक र यु ट्युबबीच घमासान हुने पक्का छ । यु ट्युब अहिलेसम्म दुनियाको सबैभन्दा ठूलो भिडियो प्लेटर्फमको रुपमा रहेको छ । बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?