+
+

२७ वटा बिकिनी लगाउँदा सन्नीलाई फाइदा

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ १८ गते ११:१३

sunny-leone-in-mastizade
बलिउड नायिका सन्नी लियोनीको नयाँ चलचित्र ‘मस्तिजादे’ शुक्रबारबाट रिलिज भयो । यो चलचित्रले बक्स अफिसमा सुरुवातको दिनमै ५ करोड माथिको व्यापार गरेको छ ।

यो चलचित्रमा सन्नीले २७  वटा विकिनी लगाएकी छिन् । बलिउडमा अहिले यस्ता खालका चलचित्रले पनि राम्रै बजार लिइरहेका छन् । सन्नी लियोनीको यो चलचित्रको अगाडि आर माधवनको अभिनय रहेको चलचित्र ‘साला खडुस’ कमजोर देखियो । चलचित्रले पहिलो दिन जम्मा १.२८ करोडको व्यापार गर्‍यो ।

‘साला खडुस’ राज कुमार हिरानीको ब्यानरमा बनेको चलचित्र हो । जसले समिक्षकबाट उत्कृष्ट साथ पनि पाएको छ । तर, बलिउडमा ‘साला खडुस’ जस्ता चलचित्रलाई सन्नी लियोनीको उत्तेजक पहिरनले भरिएको चलचित्रले उछिनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?