Comments Add Comment

मलेसियामा फेरि एक नेपालीको सुतेकै अवस्थामा ज्यान गयो

malesia

रामचन्द्र नेपाल
१८ माघ, काठमाडौं । मलेसियामा एक नेपालीको सुतेकै अवस्थामा ज्यान गएको  छ । इलामको बरबोटे गाविस ९ घर भई जोहोरवारुको कुलाइमा रहेको जेसिवाई कम्पनीमा कार्यरत जगत कुँवरको सुतेकै अवस्थामा ज्यान गएको  हो । रातीको ड्युटी सकेर शनिवार विहान कोठामा फर्केर खाना खाई कुँवर सुतेका थिए ।

शनिवार राति ड्युटी भएको र साझँ ड्युटी जाने बेला हुँदासम्म पनि नउठेपछि साथीहरुले उठाउन जाँदा उनको विस्तारामै ज्यान गएको अवस्थामा फेला परेका थिए । कुँवर चार वर्ष अगाडि रोजगारीको लागि मलेसियामा आएका थिए ।

शवलाई पोसमार्टको लागि स्थानिय अस्पतालमा लगिएको छ । पोसमार्टम पश्चात शवलाई नेपाल पठाउने तयारी भैरहेको कम्पनीमा कार्यरत साथीहरुले जानकारी गराएका छन् । कुँवरको परिवारमा श्रीमती र दुई छोरी रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment