+
+

सुजुकीको आधिकारिक सो-रुम वालिङमा पनि खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ १८ गते १९:२७

suzuki-showroom
१८ माघ, काठमाडौं । सुजुकी मोटरको आधिकारिक सो-रुम स्याङ्जाको वालिङमा पनि खुलेको छ ।

गण्डकी र धौलागीरी अञ्चलका लागि सुजुकी गाडीको आधिकारिक विक्रेता सीजी मोटोकोर्पले स्याङजाको वालिङ-२ भकुण्डेमा सो-रुम सञ्चालनमा ल्याएको छ ।

सो-रुमको बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतास र वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले शुभारम्भ गरे ।

स्थानीय ग्राहकको सुबिधालाई ध्यानमा राखेर विभिन्न मोडेलका सुजुकी कारहरुको सेल्स सो-रुम वालिङमा खोलिएको हो । सुजुकीको यो नेपालमा २९ औं सो-रुम हो ।

सो-रुम खुलेको अवसरमा सुजुकी ब्राण्डका कुनैपनि गाडी बुक गर्ने ग्राहकलाई विशेष छुटको व्यवस्था गरिएको बतास अटोमोवाइल्सका बिक्री प्रवन्धक गणेश ढकालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?