+
+

वुद्ध जयन्तीमा ‘बुद्ध बर्न इन नेपाल’ चल्ने, चिर्नेछ भारतले छरेको भ्रम

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ १९ गते १०:२८

buddha-born-in-nepal
शान्तीका अग्रदुत गौतम बुद्ध नेपालमा जन्मेका हुन् भन्ने तथ्य संसारलाई वुझाउने उद्देश्यले  निर्माण भएको चलचित्र ‘बुद्ध बर्न इन नेपाल’ बुद्ध जयन्तीको अवसर पारेर वैशाख १० गतेबाट नेपालभर रिलिज हुने भएको छ ।

कलाकार अमित ढुंगाना अमेरिका पुग्दा वुद्ध भारतमा जन्मेका हुन् भन्ने भ्रम छरिएको पाएपछि यसलाई चिर्नका लागि नायक रमित ढुंगानासँग मिलेर यो चलचित्र बनाएका हुन् ।

चलचित्रको नाम सुन्दा वृत्तचित्र जस्तो लागेपनि वुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन् भन्ने तथ्यका साथ कथानक ढंगले चलचित्र बनाएको रमितले बताए । यो चलचित्रमा एक पात्रले वुद्ध नेपालमा जन्मेका हुन् भन्ने तथ्य पुष्टी गर्नका लागि आफ्नै सरकार र अन्य पक्षसँग गरेको संघर्ष र वास्तविकतालाई प्रस्तुत गरिएको छ । चलचित्रमा अमित ढुंगाना, रमित ढुंगाना, अशिष्मा नकर्मी, निर शाह, मिथिला शर्मा, मनिता लामाको मुख्य भूमिका छ ।

ज्ञानेन्द्र देउजाले निर्देशन गरेको चलचित्रमा अमेरिकाका विभिन्न स्थानका साथ लुम्बिनीका दृश्यहरुलाई समेत कथानक ढंगले प्रस्तुत गर्दै बुद्ध नेपालमै जन्मेका हुन् भन्ने वास्तविकता छर्लङ पारिएको छ । नेपालपछि अमेरिका, युरोप, जापान, अष्ट्रेलिया, क्यानडा लगायतका बौद्ध धर्म मानिने मुलुकमा पनि प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।

चलचित्रमा रमित ढुंगानाको कथा, दिनेश न्यौपानेको पटकथता तथा संवाद, सुरेश अधिकारीको संगीत, दिर्घ गुरुङको छायांकन छ ।

यो चलचित्र नाफा कमाउने उद्देश्यले भन्दा पनि अमेरिकाको पाठ्यपुस्तकमा समेत बुद्धबारे गतल जानकारी पाएपछि त्यसलाई मेटाउने उद्देश्यले तयार पारिएको निर्माता तथा नायक रमित ढुंगानाले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?