+
+

मन्त्रिपरिषद बैठकः सञ्चार नीतिको मस्यौदा बनाउन समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ २० गते १३:३९

Pmo-Office

२० माघ, काठमाडौं । सरकारले सञ्चार नीतिको मस्यौदा बनाउन तीन सदस्यीय समिति गठन गरेको छ । बुधबार विहान बसेको मन्त्रिपरिषद बैठकले काशीराज दाहालको संयोजकत्वमा समिति गठन गरेको हो ।

समितिको सदस्यमा प्रेस काउन्सील नेपालका अध्यक्ष बोर्णबहादुर कार्की र नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्ट छन् । सूचना तथा सञ्चार मन्त्री शेरधन राईका अनुसार समावेशी सिद्धान्तलाई आत्मसात गरेर अन्य सदस्यहरु पछि नियुक्त गरिनेछ । मन्त्रिपरिषद् बैठकले समितिमा रहने अन्य सदस्यहरुको नियुक्ति गर्ने जिम्मेवारी सूचना तथा सञ्चार मन्त्रालयलाई दिएको छ ।

समितिले अघिल्लो सरकारका पालामा तयार पारिएको नयाँ सञ्चार नीतिको मस्यौदा पुनरावलोकन गरी नयाँ मस्यौदा तयार पार्ने जिम्मेवारी पाएको छ । संविधानको मर्म अनुरुपको सञ्चार नीति बनाउनका उच्चस्तरीय समिति गठन गरिएको सूचना तथा सञ्चारमन्त्री राईले जानकारी दिए ।

उच्चस्तरीय समितिलाई संविधानको भावनाअनुसार संघ, प्रदेश र स्थानीय तहमा रहने सूचना तथा सञ्चार सम्बन्धी सञ्रचनागत ढाँचा र नियमक निकायबारे सिफारिस गर्ने तथा सूचना तथा आमसञ्चार सम्बन्धी कानूनहरुलाई संविधान अनुरुपको बनाउने गरी मस्यौदा बनाउने जिम्मेवारीसमेत तोकिएको छ ।

मन्त्रिपरिषद बैठकले २२ उपसचिवलाई सहसचिवमा बढुवा समेत गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?