+
+

कलर्स छाडेका कपिल अब सोनी टीभीमा देखिने

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ २१ गते ११:१९

kapil-sharma
चर्चित कमेडियन कपिल शर्मा र उनको टिमले चाडै नै सोनी टीभीमा आफ्नो नयाँ शो ल्याउने भएको छ ।

‘कमेडी नाईट्स वीथ कपिल’ मा गुत्थीको भुमिका निर्वाह गरेका सुनील ग्रोवरले सामाजिक सञ्जालमा लेखेका छन्- ‘साथीहरु कपिल र सुनिल चाडै सोनी टीभीमा देखिने भएका छन्, कमेडी स्टाईलमा ।’
कलर्स च्यानलवाट प्रशारण हुँदै आएको ‘कमेडी नाईट्स वीथ कपिल’ पछिल्लो महिना अचानक बन्द भएपछि उनका प्रशंसक नयाँ शोको प्रतिक्षामा छन् ।

केही ब्यक्तिको भनाई अनुसार कलर्सको अर्को एउटा शो ‘कमेडी नाईट्स बचाओ’ का कारण उक्त च्यानलले कपिलको शो बन्द गरेको थियो । त्यसो त कपिलले शो छोड्नुको कारण पनि त्यहि नै थियो ।
सुनिलले नयाँ शो आउन लागेको पुष्टि गरे । ‘ कार्यक्रमको नाम कमेडी स्टाईल’ राखिएको छ भने यसमा हामी हाँस्य शैलीमै कुरा गर्छौं ।’ उनले अगाडि भने-‘तर, नयाँ कार्यक्रम हेर्नका लागि केही समय कुर्नुपर्ने हुन्छ ।’

कलर्स च्यानलका सिइओ राज नाइकको भनाई अनुसार कपिलसँग कुनै किसिमको मतभेद थिएन तर, प्रतिद्धन्द्धी च्यानलमा उनले काम गरेका थिए ।

कपिल ब्यस्त हुनुको साथै रेट समेत बढाएकाले आफुसँग विकल्प नभएको सिइओ राजको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?