Comments Add Comment

झापामा बढे क्यान्सर रोगी

Jhapa-Map-final

२२ माघ, झापा । झापामा क्यान्सर रोगीको सङ्ख्या ९७२ पुगेको जनाएको छ ।

आव ०६६ /६७ देखि चालु आव ०७२/७३ को माघ १४ गतेसम्ममा झापामा क्यान्सर रोगबाट ९७२ जना पीडित बनेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख चन्द्रदेव मेहेताले बताए ।

आव ०७१/७२ मा ११५ महिला र ११८ पुरुष क्यान्सर रोगबाट ग्रसित भएको र चालु आवको माघसम्ममा १२४ जना नयाँ क्यान्सरका रोगी फेला परेका छन् । जसमा ६६ महिला र ५८ पुरुष रहेको कार्यालयले जनाएको छ ।

यसैबीच, विश्व क्यान्सर दिवसको अवसर पारेर प्रहरीले चितवनमा सुरु गरेको सार्वजनिक स्थानमा धुम्रपान निषेध अभियानअन्तर्गत ११० जनाभन्दा बढीलाई नियन्त्रणमा लिएर कारबाही गरेको छ ।

प्रहरीले सार्वजनिक स्थानमा धुम्रपान गरिरहेकालाई नियन्त्रणमा लिई ऐन नियमका बारेमा जानकारी गराई छाडिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख वसन्तबहादुर कुँवरले बताए ।

सार्वजनिकस्थलमा धुम्रपान गर्नेलाई रु १०० जरिवाना हुने उनले बताए ।  घर वा धुम्रपानका लागि तोकिएको स्थानबाहेक अन्यत्र धुम्रपान गर्न ऐनले निषेध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment