Comments Add Comment

लामो खडेरीपछि मुगुमा कर्णालीमा पानीको सतह घट्यो

karnali-river

कविराज कार्की

२४ माघ, मुगु । गत साउन महिनायता पानी नपरेका कारण खडेरीले मुगु जिल्ला भएर बग्ने नेपालकै ठुलोमध्येको एक कर्णाली नदीमा पानीको सतह एक तिहाई घटेको छ ।

गत साउनबाट लामो खडेरी ले मुगु कर्णालीका सहायक खोलाहरुको पानी कम हुदै गए पछि मुगु कर्णाली नदि पनि क्रमसः घटदै गएको हो ।

बितेका बर्षहरुमा थुप्रै हिमपात र बर्षा हुने गर्थ्यो । लामो खडेरीले न त जमिन ओसिलो छ न त हिमालमा हिउ नै छ ।

माघको पहिलो सातामा परेको हिमपात र बर्षाले पनि पानीको मुल फुटाउन नसकेपछि कर्णाली सुक्दै गएको स्थानीय बासिन्दाको भनाई छ ।

विगतका बर्षहरुमा हिउ पग्लेर उर्लिदो बन्ने कर्णाली यति खेर एउटा खोला जस्तै बनेको छ ।

खडेरीले अन्न वाली र घाँस पातका साथै पानीका मुल समेत सुकाएपछि मुगुका स्थानीय चिन्तित बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment